काभ्रे,
सरकारले आज र भोलि दुई दिन गरि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ । मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखा पोषण शाखाका अनुसार देशभरबाट २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाउने योजना छ । ७ सय ५३ वटा पालिकामा आज र भोलि राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि मन्त्रालयले २०५३ सालबाट भिटामिन ‘ए’ र २०५८ सालदेखि प्रत्येक वर्ष दुई पटक बालबालिकालाई जुकाको औषधि खुवाउदै आएको छ ।