काभ्रे,
धुलिखेल नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष निराजन जङ्गम एमाले पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन । नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष जङ्गम आज नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । उनलाई कांग्रेस नेता एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य गणेश लामा, काभ्रे कांग्रेसका जिल्ला सभापति तिर्थ लामा लगाएका नेता कार्यकर्ताको उपस्थितिमा टिका र खादा लगाएर पार्टी प्रवेश गराईएको हो । जङ्गम नेकपा एमाले काभ्रेका जिल्ला सदस्य समेत रहेका थिए ।
वडाध्यक्ष जंगम एमालेबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका थिए । उनि गत पुसमा सकिएको एमालको १० औं जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सदस्यमा निर्वाचित समेत भएका थिए ।