काभ्रे,देबराज उप्रेती,
काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकामा बजार व्यवस्थापन सम्बन्धी व्यवसायी तथा स्थानीयसँग छलफल कार्यक्रम सम्पन्न भएको छ । नगरप्रमुख कुन्साङ लामाको प्रमुख आथित्यता तथा नमोबुद्ध नगरपालिका वडा नं ७ का वडा अध्यक्ष धर्म सि. लामाको आथित्यतामा आज (बुधबार) नमोबुद्ध नगरपालिकाको सभाहलमा नगरभित्र रहेका ब्यवसाईहरुको समस्याहरु र उनिहरुबाट सुझाब संकलन गरिएको थियो । बिशुद्ध नगरपालिकाभित्र देखा परेका समस्याहरुलाई समाधान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।कार्यक्रमलाई सम्बोधन गर्दै सर्बप्रथम सन्तोष काफ्लेले नगरपालिकाभित्र उत्पन्न भएका समस्याहरुको बिषयमा छलफलमा गर्दै बजारमा जम्मा भएका कुहिने र नकुहिने फोहोरहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने बिषयमा छलफल गरेका थिए । त्यसका लागि आउदो साउन १ गते देखि पसलहरुमा जम्मा भएका कुहिने र नकुहिने फोहोरहरुलाई छुट्टाछुट्टै संकलन गरिने बताएका छन् । कुहिने प्रजातिका फोहोरहरुलाई छुट्टै संकलन गरेर त्यसबाट कम्पोष्ट मल बनाउने नगरपालिकाको योजना रहेको उनले बताएका छन् ।
कार्यक्रमकै अवसरमा नमोबुद्ध नगरपालिमामा हालै मात्र कानुनी सल्लाहकारका रुपमा नियुक्ति भएका कानुनी सल्लाहकार महेन्द्र थिङले नगरपालिकाभित्र बजार व्यवस्थापनका लागि बनाईएका नियमहरुको बारेमा सम्पुर्ण व्यवसायीहरुलाई जानकारी गराएका थिए ।
व्यावसायीहरुको समस्या तथा सुझाब संकलनको क्रममा भकुन्डेवेशीमा हाल टायर पसल संचालन गर्दै आएका व्यवसायी राम कुमार शाहिले फेहोर संकलन बापत उठाईने शुल्क मा अनियमितताका कारण व्यवसायीहरु समस्यामा पर्दै आएको बताएका छन् ।फेहोर संकलन बापत उठाईने शुल्क कुनै महिनामा महिनै पिच्छे आउने तर कहिले एक्कैचोटि ४,५ महिनामा शुल्क संकलनका लागि आउनुको कारण सोधेका छन् ।
त्यस्तै नगरभित्र बिभिन्न व्यावसायमा संलग्न व्यावसायीहरुले भकुन्डे बजारमा सवारी पार्किङको चरम अभाव , फोहोर व्यवस्थापनमा समस्या , बजारमा ढलको उचित व्यवस्थापन नभएको , बसमा सवार यात्रुहरुले बसबाट जथाभाबि फोहोर फाल्दा चोकहरु दुषित हुने , बजारमा खानेपानिको अभाब , जथाभाबि सवारीसाधन पार्किङ , सार्वजनिक शौचालयको अभाव लगायतका समस्याहरु प्रस्तुत गरेका थिए ।
यसैक्रममा व्यवसायीहरुको समस्याको जवाफ दिदै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेललले नगरमा स्थायी सार्वजनिक शाौचालय बनाउने प्रतिबद्धता जनाएका छन् । ढलको उचित व्यवस्थापन गर्न नगर एक्लैले सम्भब नभएको बताउदै उनले यस बिषयमा प्रादेशीक सरकारसँग छलफल गर्नै बताएका छन् । सुरक्षाका लागि बजारका मुख्यमुख्य चोकहरुमा सिसिटिभि जडान भैसकेको बताउदै दाप्चा बजारमा पनि सिसिटिभि जडानको कार्य सुरु गर्ने बताएका छन् । पुटपातमा विक्रिवितरण गर्न नपाईने यदि बिक्रिवितरण गरेको पाईएमा कारबाही गरिने बताईएको छ ।
नगरप्रमुख कुन्साङ लामाले मानिसको जिवनमा अनुशासन एकदमै महत्वपुर्ण अंगको रुपमा रहेको बताएका छन् । व्यवसायीबाट उठेका सवालहरुलाई निरन्तर रुपमा समाधानको प्रयास गरिने बताउदै लामाले आफुले गरेका कार्यहरु चित्तबुझ्दो नभएमा तुरुन्त आवाज उठाउन पनि नगरवासीहरुलाई आग्रह गरेका छन् ।
नगरप्रमुख लामाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा उपप्रमुख रत्न लामा , प्रमुख प्रशासकिय अधिकृत राजन पौडेल , सन्तोष काफ्ले , नमोबुद्ध चेम्बर अफ कमर्श बाट बिदुर प्रसाद बर्तौला , कानुनी सल्लाहकार महेन्द्र थिङ , विभिन्न वडाका वडा अध्यक्षहरु तथा नगरभित्रका व्यवसायीहरुको उपस्थिति रहेको थियो ।