Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकामा गठबन्धद्वारा साझा घोषणापत्र सार्वजनिक

Roshikhabar by Roshikhabar
बैशाख १९, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, समाचार
0
नमोबुद्ध नगरपालिकामा गठबन्धद्वारा साझा घोषणापत्र सार्वजनिक
0
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकामा स्थानीय तहको निर्वाचनको लागि गठबन्धनको तर्फबाट विभिन्न पद उम्मेदवारहरुले साझा घोषणापत्र सार्वजनिक गरेका छन् । हिजो भकुण्डेवेशीमा आयोजित कार्यक्रममा गठबन्धनले ५ वर्षको अवधीमा आफूले गर्ने विकासको खाका प्रस्तुत गरिएको थियो । नमोबुद्ध नगर प्रमुख पदका उम्मेदवार कुन्साङ लामा र उपप्रमुखका उम्मेदवार रत्न लामाले भ्रष्टचार रहित नगर बनाउन आफ्नो भुमिका रहने बताएका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी) सहितका गठबन्धनमा रहेका दलहरुले समग्र नमोबुद्ध निर्माण अभियानलाई समेटेर घोषणापत्र सार्वजनिक गरेका हुन ।
गठबन्धनले नमोबुद्धमा शिक्षा, स्वास्थ्य र पूर्वाधारमा नै जोड दिएको छ, त्यस्तै प्राविकि शिक्षालय स्थापना र स्तरोन्नती, एक वडामा एक स्वास्थ्य संस्थासहित अनिवार्य एम्बुलेन्सको व्यवस्था गर्ने लगायत बुँदाहरु उल्लेख भएको छ । संकल्पपत्र सार्वजनिक कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सुर्यमान दोङ, नेपाली काँग्रेस काभ्रेका सभापति एवं संविधान सभा सदस्य तिर्थ लामा, प्रतिनिधि सभाका संसद गंगाबहादुर दोङ, नेकपा (एकिकृति समाजवादी) का जिल्ला सचिव दिपक गौतम लगायतको सहभागिता रहेको थियो ।

गठबन्धनले प्रस्तुत गरेको साझा घोषणापत्र यस प्रकारका छन ः
१.नगरपालिका भित्र रहेका सम्पूर्ण विद्यालयहरुमा आवश्यक भौतिक पूर्वाधार सहित पर्याप्त दरबन्दीको ब्यवस्था गर्दै शिक्षक सिकाई केन्द्रको स्थापना र त्रैमासिक भेला गरि शैक्षिक गुणस्तर वृद्धीको लागि पहल गर्ने ।
२. नगर भित्र कम्तीमा एउटा “अगुवा विद्यालय” स्थापना गर्दै वार्षिक “सिकाई मेला” को आयोजना गर्ने र आमन्त्रित विज्ञ अतिथि शिक्षकको सुरुवात गर्ने ।
३. निजी विद्यालयको अभ्यास र अनुभव सार्वजानिक विद्यालयको सुधारमा उपयोग गर्ने ।
४.विपन्न परिवारबाट उच्च शिक्षा हाँसिल गर्नको निमित्त आर्थिक सहायत उपलब्ध गर्ने ।
५. थप प्राविधिक शिक्षालयको स्थापना र स्तरोन्नती गर्ने ।
६. एक शिक्षक एक ल्यापटपको ब्यवस्थ गर्ने ।
७. नगर भित्रका १ वडा १ सुविधा सम्पन्न स्वास्थ्य चौकी स्थापना गर्ने जसमा १ वटा एम्बुलेन्स अनिवार्य उपलब्ध गर्ने ।
८. आर्थिक रुपमा अति विपन्न प्रत्येक वडाका ३० घर परिवारलाई निःशूल्क स्वास्थ्य बिमा गर्ने र सो कार्यक्रम क्रमशः बढाउदै लाने ।
९. हाल नगर भित्र रहेका सम्पूर्ण प्राकृतिक मुहानहरुको संरक्षण एवं प्रर्वद्धनका निम्ती तत्काल बजेट विनियोजन गर्ने र वर्षातको पानी संकलन प्रविधि विकास गर्दै नगर भित्र खानेपानी व्यवस्थापनका निम्ती २ वटा ठूला खानेपानी आयोजना संचालन गर्ने ।
१०. हालको नगर भित्रका उर्वर भूमीको पहिचान गरी तिनीहरुलाई विभिन्न बालीनालीको पकेट क्षेत्रको रुपमा विकास एवं घोषणा गर्ने र उक्त घोषित पकेट क्षेत्रलाई आवश्यक पर्ने कृषि सामाग्री अनुदानमा उपलब्ध गर्ने ।
११. १ वडा १ कृषि प्राविधिकको व्यवस्था गर्ने र दाप्चा क्षेत्रमा र मेथिनकोट कानपुर क्षेत्रमा कम्तीमा १÷१ वटा कोल्ड स्टोर स्थापना गर्ने ।
१२. हाल भएका खोला नाला रोशीबाट गरिने सिंचाईलाई व्यवस्थित वितरणको व्यवस्था गर्ने र हाल नगर भित्र चलन चल्तीमा रहेका कुलो कुलेशा नहरहरुलाई स्तरोन्नती गर्नुका साथै समान वितरणको व्यवस्था गर्ने ।
हाल निर्माणधिन अवस्थामा रहेको दाप्चा सडक कालोपत्रे कार्यलाई चाडो भन्दा चाँडो चौकीडाँडा वि।पि। राजमार्ग सम्म जोडिने कार्य पुरा गर्न पहल गर्ने, हाल रहेका भकुण्डे चौकी डाँडा सडक, भकुण्डे काँक्रे खाक्सी सडक, भकुण्डे तल्लेहटिया पिपलटार सडक, भकुण्डे दारेगौडा हँुदैं गहते सडक, भकुण्डे ऐसेलुचौर हुँदै श्यामपाटी सडक, भकुण्डे फुलबारी सडक, भकुण्डेबाट चरुवा हँदुै भिडाबारी सडक, भकुण्डेबाट काफ्लेथोक, चुहाने जोड्ने सडक, कानपुर बोहोरे कमेरे सडक, पुरानागाउँ सिम्ले बसेरी सडक, चिन्डे विमिरे सडकहरुलाई तत्काल स्तरोन्नती तथा ग्रावेलको व्यवस्था गर्ने ।
१३. यस नमोबुद्ध नगरपालिका स्थानीय निकायलाई कालोपत्रे सडक मार्पmत छिमेकी गाउँपालिका÷नगरपालिकाहरु रोशी गाउँपालिकाको केन्द्र, तिमाल गाउँपालिकाको केन्द्र, पाँचखाल नगरपालिका केन्द्र र धुलिखेल नगरपालिका केन्द्र सँग जोड्ने र नगर भित्र २ वटा कालोपत्रे रिङरोड निर्माण गर्ने ।
१४. बाहिरी रिङरोडको रुपमा गहते–पिपलटार–खाक्सी–चौकीडाँडा–लासकोट–डाँडागाउँ कोट तिमाल–कानपुर–बाहोरे–पाँचखाल–बेला–फुलबारी–नमोबुद्ध–विमिरे–सिम्ले हुँदै पुन गहते सम्म कालोपत्रे सडक मार्पmत जोड्ने ।
१५. भित्री रिङरोडको रुपमा नगरपालिका भित्रका साविक गा।वि।स।हरुका महत्वपूर्ण मठ, मन्दिर, गुम्बा, चर्च आदि प्राकृतिक सुन्दरतालाई समेट्ने गरी पर्यटकीय सडकको रुपमा भित्री रिङरोड निर्माण गर्नुका साथै नगर कार्यालयलाई सार्वजनिक यातायात मार्पmत प्रत्येक वडा सम्म पहुँच विस्तार गर्ने ।
१६. नगरको सम्पूर्ण क्षेत्रलाई ल्याडलाईन टेलिफोन मार्पmत जोड्ने र नगरको मुख्य–मुख्य चोकहरुमा निःशुल्क वाई–फाई नेटको व्यवस्था गर्ने ।
१७. हाल नगर भित्र रहेका फुलबारी बजार, श्यामपाटी बजार, दाप्चा बजार, भकुण्डे बजार तथा कानपुर बजारका भौतिक संरचनालाई सम्वद्र्धन, प्रवद्र्धन एवं सुरक्षित बसोबासको व्यवस्थापन गर्ने, उक्त कार्यक्रमलाई कानपुर, मेथिनकोट लगायतका स्थानमा समेत लागू गर्ने ।
१८. वस्ती विकासको निम्ती एसियाली मापदण्ड अनुसार नगर भित्रका सम्पूर्ण संरचनामा सडक सञ्जाल, खानेपानी, टेलिफोन, वाईफाई, ढल व्यवस्थापन तथा सडकहरुमा सुन्दर वोट–विरुवाहरुको वृक्षरोपण गर्ने र ५ वर्ष भित्रमा नगरलाई स्मार्ट सिटी को रुपमा विकास गर्ने ।
१९. नगरलाई आवास तथा औधोगिक क्षेत्रलाई वर्गीकरण गरी व्यवस्थित सहरी विकास र औधोगिककरण गर्ने ।
२०. पर्यटनलाई नगर विकासको मुख्य मेरुदण्डको रुपमा विकास गर्ने र हाल भएका मठमन्दिर गुम्वा, चर्च आदि प्राकृतिक मनोरम दृष्यावलोकन स्थलको पहिचान एवं प्रचार–प्रसार गर्ने ।
२१. प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन गर्ने र ट्रेकिङ रुटको व्यवस्था एवं विकास गरि पर्यटन व्यवसायलाई ध्यानमा राखेर खोलिने होम स्टे, होटल, लज यातायातका साधनलाई करमा छुट दिदैं नमोबुद्ध लगायतका धार्मिक स्थलहरुलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने ।
२२. नमोबुद्ध दाप्चा–कोटकाली–भिमसेनस्थान–धुँवाकोट–देवीस्थान–रतmकाली–कोट तिमाल– जगबैजेश्वार लगायत नगर भित्र रहेका सम्पूर्ण मन्दिरहरुलाई समावेश गरि धार्मिक पर्यटन क्षेत्र निर्माण गर्ने ।
२३. जडीबुटी प्रशोधनजन्य उद्योग, दुग्ध प्रशोधन जन्य उद्योग, पशुपालन जन्य उद्योगहरुको स्थापना नगर स्यवंले गरी रोजगारीको व्यवव्स्थापन गर्ने, ५० जना भन्दा वढी कामदार राखेर खोलिने वातावरण मैत्री उद्योगहरुलाई २५५ करमा छुट दिने र युवा लक्षित कार्यक्रमहरु अन्र्तगत विभिन्न किसिमका सीप विकासका तालिम निःशुल्क सञ्चालनको व्यवस्था गर्ने ।
२४. व्यवसायिक पशुपालन गर्ने किसान ९कम्तीमा ५ दुध दिने पशुपालन गरेको हुनु पर्ने० लाई गोठ सुधार गर्न कम्तीमा पचास हजार रुपैंया अनुदान प्रदान गर्ने ।
२५। हाल यस नगर भित्र रहेका साना ठूला सम्पूर्ण मठ, मन्दिर,गुम्बा तथा चर्चलाई संरक्षण गर्नका निम्ती तत्काल ५ लाख देखि ५० लाख सम्म बजेटको व्यवस्था गर्ने।
२६. हाल नगर भित्र संचालनमा रहेका चाड, पर्व, मेला तथा जात्राहरुको संचालन गर्नका निम्ती छुट्टै कोषको व्यवस्था गरी अनुदानको व्यवस्था गर्ने ।
२७. महिलाहरुलाई नगरभित्र गठन हुने हरेक संघ संस्थामा ५०५ सहभागिता अनिवार्य गर्ने र एकल महिला तथा दलित समुदायलाई हरेक कार्यमा करमा छुटको व्यवस्था गर्दै दलित महिला जनजातिलाई ध्यनमा राखेर खोलिने संघ संस्था, उद्योगलाई करमा २०५ छुटको व्यवस्था मिलाउने ।
२८. न्याय सम्पादनमा जनशक्तिको ब्यवस्था गर्नुको साथै पूर्वाधार र सेवाको गुणस्तर मापदण्ड निर्माण गर्ने ।
२९. हाल नगर भित्र रहेका सम्पूर्ण वन जंगललाई संरक्षण, प्रवद्र्धन एवं अतिक्रमणलाई रोक्दै कबुलियत, सामुदायिक तथा निजी वनलाई प्रोत्साहन एवं अनुदानको व्यवस्था मिलाउने र हाल नगरको जोखिमपूर्ण क्षेत्रमा नगर स्वयंले वृक्षरोपण गर्ने ।
३०. व्यवसायीक पशुपालनलाई उच्च प्राथमिकता एवं अनुदानको व्यवस्था गर्ने र दुग्धजन्य उद्योगका लागि करमा २५५ छुट दिने ।
३१. नगर भित्र धेरै मानिसहरुको जमघट हुने सम्पूर्ण क्षेत्रमा वर्षात्को पानी संकलन गर्ने प्रविधि सहितको सार्वजनिक शौचालय निर्माण गर्ने ।
३२. नगर भित्रका प्रत्येक वडामा कम्तीमा २ वटाका दरले सार्वजनिका भु–कम्प प्रतिरोधत्मक अवासको व्यवस्था गर्ने, जसमा बाटो, खानेपानी, टेलिफोन, वाईफाईद्वारा अनिवाई जोडिने छ ।
३३. नगरले सम्पूर्ण वडा समेट्ने गरी नगरको आम्दानी खर्च मासिक बुलेटिन मार्पmत प्रकाशन गर्ने ब्यवस्था गर्ने ।
३४. नगरभित्र १ वडा खेल मैदान निर्माण गर्दै खेलकूदको विकास एवं खेलाडीहरुको चौतर्फी विकास गर्नका निम्ती छुट्टै कोष निर्माण गरी बजेटको व्यवस्था गर्ने ।
३५ .सरकारले दिने गरेको वृद्धभत्ता, एकल महिला भत्ता अपाङ्ग भक्त जस्ता समाजिक सुरक्षा भत्ता सम्बन्धित बैंकसंगको सहकार्य समन्वयमा घुम्ती सेवा मार्फत् स्थानीय स्तरमा नैे वितरण गर्ने व्यवस्था गर्ने।
३६. ६० बर्ष उमेर नाघेका प्रत्येक नागरिकका लागि निःशूल्क स्वास्थ्य उपचारको ब्यवस्था गर्ने ।
३७.नगर भित्र स्थापना हुने वैंक तथा वित्तीय संस्थालई प्रत्येक वडामा पर्ने गरी स्थापना गर्ने व्यवस्था गर्ने, विद्युत, खानेपानी टेलिफोनको विल तिर्न प्रत्येक वडामा नगरले विशेष व्यवस्था गर्ने र कृषि क्षेत्रमा लगानी गर्न सहकारी कृषि सहकारीलाई करमा छुट गर्ने ।
३८. भविष्यमा हुन सक्ने सम्भाव्य खाद्य अभाव, भोकमरी जस्ता विषयलाई ध्यानमा राख्दै नगरले १ छुट्टै खाद्यान्न संचीत गृहलाई संचालन गर्ने ।
३९. सामाजिक न्यायको क्षेत्रमा सामाजिक रुपले विगतमा उत्पिडनमा पर्दै आइरहेका महिला, दलित, अपाङ्गता भएका व्यक्तिहरुलाई सामाजिक, आर्थिक, राजनैतिक क्षेत्र लगायतका सवै क्षेत्रमा विशेषाधिकारको व्यवस्था गर्ने ।
४०. नगरवासीको सूचना प्राप्त गर्ने अधिकारलाई सुरक्षित गर्नको लागि नगर भित्र पत्रपत्रिका, एफ।एम। रेडियो, अनलाईन मिडिया सञ्चालन गर्ने ।
४१. नमोबुद्ध नगरपालिकाको चौतर्फी एवम् साझेदारीमा विकास गर्न विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय नगरपालिकाहरुसँग भगिनी सम्बन्ध स्थापना गर्ने ।
४२. नमोबुद्ध नगरपालिकाको भकुण्डे बजारमा बढ्दै गएको सवारी चाप एवम् भौतिक निर्माणलाई ध्यानमा राखि रोशीखोल, दाप्चेखोला तथा सोति खोला करिडोरहरुको निर्माण गर्ने ।
४३. नमोबुद्ध नगरपालिका भित्र हुने जुनसुकै विकास निर्माण, नागरिकले पाउने सेवासुविधा, ठेक्कापट्टा, प्रशासनीक कामहरुमा कानुनी आधारमा कार्य सम्पादन गर्ने ।
४४. भकुण्डेबेशी उपत्यका प्रशासनीक हिसाबले नमोबुद्ध नगरको केन्द्र भए पनि भौगोलिक हिसाबले तेमाल, रोशी, महाभारत लगायतका भेगको पनि केन्द्र भएकोले भकुण्डेलाई यस क्षेत्रको व्यापारी एवम् औघोगिक शहरको रुपमा विकास गर्ने ।
४५. “भ्रष्टचार रहित नगर,हाम्रो नमोबुद्ध नगर” मूल मन्त्रको रुपमा आत्मसात् गर्ने ।

Facebook Comments Box
Previous Post

सिन्धुपाल्चोकमा एमाले वडाध्यक्ष द्धारा माओवादी केन्द्रका कार्यकर्तामाथि खुकुरी प्रहार

Next Post

बनेपा नगरपालिकाका मेयर पदबाट लक्ष्मी नरसिंह बादेको राजीनामाः एमालेलाई ठूलो धक्का

Roshikhabar

Roshikhabar

Related Posts

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी  ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
Roshi Khabar E-Paper

रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी
Roshi Khabar E-Paper

तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न
Roshi Khabar E-Paper

रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न

by Roshikhabar
जेष्ठ २, २०७९
रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी
Roshi Khabar E-Paper

रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी

by Roshikhabar
जेष्ठ २, २०७९
Next Post
बनेपा नगरपालिकाका मेयर पदबाट लक्ष्मी नरसिंह बादेको राजीनामाः एमालेलाई ठूलो धक्का

बनेपा नगरपालिकाका मेयर पदबाट लक्ष्मी नरसिंह बादेको राजीनामाः एमालेलाई ठूलो धक्का

Live Radio Schedule

Recent News

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयीजेष्ठ ३, २०७९
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयीजेष्ठ ३, २०७९
  • रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्नजेष्ठ २, २०७९
  • रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयीजेष्ठ २, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.