Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home Roshi Khabar E-Paper

नर्वेली उपमन्त्री बियोर्ग सान्कयोर द्धारा नमोबुद्धको भ्रमणः असल कृषि अभ्यास र जनकल्याण माविको प्रशंसा

Roshikhabar by Roshikhabar
जेष्ठ २५, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, शिक्षा, समाचार
0
नर्वेली उपमन्त्री बियोर्ग सान्कयोर द्धारा नमोबुद्धको भ्रमणः असल कृषि अभ्यास र जनकल्याण माविको प्रशंसा
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

नर्वेली विदेश मन्त्रालयका उपमन्त्री बियोर्ग सान्कयोरले नमोबुद्ध नगरपालिकाको भ्रमण गर्दै महिलामैत्री असल कृषि अभ्यासको प्रशंसा गरेकी छन् । आज (बुधबार) नमोबुद्ध नगरपालिका वडा न. २ स्थित कुइँकेल थुम्कामा सञ्चालित जलवायु अनुकुलन समाधान कार्यक्रमअन्तर्गत सञ्चालित महिलामैत्री असल कृषि अभ्यासको अबलोकन गर्दै उनले यसको प्रशंसा गरेकी हुन् । नर्वेली राजदूतावासले नमोबुद्ध नगरपालिका, इसिमोड र सिप्रेडसँगको सहयोग समन्वय र सहकार्यमा ६ वटा वडामा जलवायु अनुकुलन समाधान कार्यक्रम सञ्चालन गरिरहेको छ । यो कार्यक्रमको स्थलगत अवलोकन गर्दै उपमन्त्री सान्कयोरले अर्गानिक कृषि प्रणालीबाट आफू एकदमै प्रभावित भएको बताइन् । अर्गानिक कृषिका साथै महिलामैत्री धुवारहित चुल्हो, वायोग्यासको प्रयोग लगायतका कार्यबाट पनि आफू प्रभावित भएको भन्दै उनले नेपालस्थित नर्वेजियन राजदूताबासबाट निरन्तर समन्वय र सहयोग हुने प्रतिवद्धता पनि जनाइन् ।


जलवायु अनुकुलुन तरकारी खेती कार्यक्रमअन्तर्गत कुइँकेलथुम्कामा ताजा तरकारी उत्पादन भइरहेको छ । यसले स्थानीयबासीको आर्थिक अवस्थामा पनि सुधार भएको छ । उक्त कार्यक्रमअन्तर्गत थोपा सिञ्चाई, छापो प्रविधि, पोखरी निर्माण, जैविक बिषादी र मोहनी पासोमार्फत किरा नियन्त्रण लगायतका काम भइरहेको छ । नर्वेली उपमन्त्री, नेपालका लागि नर्वेली राजदूत तोरुन ड्राम्दाल, इसिमोडका महानिर्देशक पेमा ग्याम्सो लगायतले उक्त स्थानमा भइरहेको अर्गानिक कृषि कार्यक्रमको अबलोकन गर्नुका साथै यो कार्यक्रममा आवद्ध किसानहरुसँग अन्तरक्रियासमेत गरेका थिए । अन्तरक्रियाको क्रममा किसानहरुले विगतमा सिञ्चाईको अभावमा खेती गर्न नसकिएको तर अहिले जलवायु अनुकुलन कार्यक्रम आएपछि कृषिबाटै आत्मनिर्भर बन्दै गइरहेको बताएका छन् ।
कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामाले कृषिबाट महिलाहरूको आर्थिक उत्थान गर्न सकिने भन्दै त्यसका लागि निरन्तर सहयोग गर्न नर्वेली सरकारलाई आग्रह गरे । नमोबुद्ध नगरपालिकाले अर्गानिक कृषिको विकासका लागि गर्नुपर्ने आवश्यक सहयोग र समन्वय गर्ने प्रतिवद्धता पनि उनले जनाए । नमोबुद्ध नगरपालिकाको भ्रमणका लागि उनले नर्वेली उपमन्त्री, राजदूत लगायतप्रति आभार पनि प्रकट गरेका थिए ।


यस्तै इसिमोडका महानिर्देशक पेमा ग्याम्सोले नमोबुद्ध नगरपालिकामा सञ्चालित यो कार्यक्रमबाट धेरै किसान लाभान्वित भएको भन्दै यसको प्रभावकारिताबाट आफू खुशी भएको बताए । नमोबुद्ध नगरपालिकामा सञ्चालित जलवायु अनुकुलन कार्यक्रमले कृषिमा निर्भर महिलाको कार्यबोझ कम गर्नुका साथै जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा देखिएको समस्या समाधान गर्दै असल कृषि अभ्यासमार्फत कृषि उत्पादन वृद्धिमा सहयोग पु¥याएको छ । खानेपानीका लागि टाढा जानुपर्ने, सिञ्चाईको अभावका कारण कृषिबाटै विस्थापित हुनुपर्ने समस्यालाई समाधान गर्नसमेत कार्यक्रमले प्रभावकारीरुपमा सघाएको छ ।
अबलोकन टोलीमा नमोबुद्ध नगरपालिकाका उपप्रमुख रत्न बहादुर लामा, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, नर्वेली दूतावासका सल्लाहकार कमला बिष्ट, सिप्रेडका कार्यकारी निर्देशक केशवदत्त जोशी, इसिमोडबाट शेखर घिमिरे, नन्दकिशोर अग्रवाल, इरिका उदास, नमोबुद्ध नगरपालिका वडा नं. २ का अध्यक्ष कविराज श्रेष्ठ, वडा नं. ३ का अध्यक्ष रमेश तिवारी, नमोबुद्ध नगरपालिकाका शिक्षा शाखाका अधिकृत बुद्धिराज अर्याल, वातावरण अधिकृत सन्तोष काफ्ले, कृषि तथा पशुसेवा शाखा प्रमुख चिरञ्जिवी शर्मा, पूर्व वडाअध्यक्ष सञ्जीव ढकाल विभिन्न व्यक्तित्वहरु सहभागी थिए ।


जनकल्याण माविका विद्यार्थीसँग नर्वेली उपमन्त्रीको अन्तर्क्रिरया
नर्वेली विदेश मन्त्रालयका उपमन्त्री बियोर्ग सान्कयोरले नमोबुद्ध नगरपालिका २ स्थित जनकल्याण माविका विद्यार्थीसँग अन्तरक्रिया पनि गरेकी छन् । उक्त विद्यालयको भ्रमण गर्दै उनले विद्यार्थीहरुसँग अन्तर्क्रिरया गर्दै कोभिड १९ को महामारीले पारेको प्रभावका बारेमा जिज्ञासा राखेकी थिइन् । उनले कोरोना महामारीको समयमा विद्यार्थीसँग कसरी पढ्नुभयो ? त्यसक्रममा कस्ता समस्या आए ? लगायतका प्रश्न गरेकी थिइन् । सो क्रममा विद्यार्थीहरुले अनलाइनमार्फत निरन्तर पढाई भएको बताउँदै इन्टरनेट र मोबाइलको समस्याका कारण कतिपय समयमा पढाईमा बाधा पुगेको पनि बताए ।


नर्वेली उपमन्त्री सान्कयोर, नेपालका लागि नर्वेली राजदूत तोरुन ड्राम्दाल लगायत नर्वेजियन राजदूतावासका उच्च अधिकारीहरुले जनकल्याण माविमा सञ्चालित दिवा खाजा कार्यक्रम, एक विद्यालय एक नर्स कार्यक्रमअन्तरगत विद्यालयमा सञ्चालन गरिएको क्लिनिक तथा विद्यालयका कक्षाकोठाको अबलोकन गरेका थिए । उपमन्त्री सान्कयोरले नर्वेमा समेत विद्यालयमा यस्तो किसिमको क्लिनिक नभएको भन्दै विद्यालयमा सञ्चालित स्वास्थ्य सेवाको प्रशंसा गरिन् । यस्तै विद्यार्थीहरुका लागि सञ्चालित दिवा खाजा कार्यक्रम पनि प्रभावकारी र राम्रो रहेको बताउँदै उनले विद्यालय व्यवस्थापन समिति, नगरपालिका र स्थानीय समुदायबीचको साझेदारी र समन्वय प्रशंसनीय रहेको बताइन् । उनले जनकल्याण माविका विद्यार्थीहरु एकदमै अनुशासित रहेको भन्दै खुशी समेत व्यक्त गरेकी थिइन् ।


नर्वेली उपमन्त्रीको टोलीले विद्यालयका शिक्षक, व्यवस्थापन समितिका पदाधिकारीहरुसँग पनि छलफल गरेको थियो । विद्यालयकी प्रधानाध्यापक लक्ष्मी अधिकारीले कोभिड १९ को महामारीको क्रममा अनलाइनमाफृत घरमै विद्यार्थीलाई पढाउनुपर्दा केही हदसम्म शैक्षिक गुणस्तरमा प्रभाव पारे पनि अहिले महामारी रोकिएसँगै गुणस्तरीय शिक्षा कायम गर्न, विद्यालयलाई शैक्षिक गुणस्तरमा नमुना विद्यालयको रुपमा विकास गर्न निरन्तर लागिरहेको जानकारी दिइन् ।
यसअघि आज बिहान नर्वेली उपमन्त्रीको टोलीलाई नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामा, उपप्रमुख रत्न बहादुर लामा, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल लगायतले धुलिखेलमा स्वागत गरेका थिए । स्वागत कार्यक्रममा नर्वेली उपमन्त्री सान्कयोरले नमोबुद्ध नगरपालिकाले कृषि, स्वास्थ्य, शिक्षा लगायतको क्षेत्रमा राम्रो काम गरेको सुनेर अबलोकनमा आएको बताउँदै यसको निन्तरताको कामना गरेकी थिइन् ।

Facebook Comments Box
Previous Post

काभ्रेका नवनिर्वाचित जनप्रतिनिधि र प्रधानमन्त्रीबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा भेटवार्ता

Next Post

रोशीमा सन्चालन भएको दुई महिने हाते कढाई (बुटिक) तालिम सम्पन्न

Roshikhabar

Roshikhabar

Related Posts

कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न
Roshi Khabar E-Paper

कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न

by Roshikhabar
असार १२, २०७९
ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
Roshi Khabar E-Paper

ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक

by Roshikhabar
असार १२, २०७९
नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन
Roshi Khabar E-Paper

नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

by Roshikhabar
असार ११, २०७९
पेट्रोलियम पदार्थको मूल्य घट्यो
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्य घट्यो

by Roshikhabar
असार ११, २०७९
नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन
Roshi Khabar E-Paper

नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन

by Roshikhabar
असार १०, २०७९
Next Post
रोशीमा सन्चालन भएको दुई महिने हाते कढाई (बुटिक) तालिम सम्पन्न

रोशीमा सन्चालन भएको दुई महिने हाते कढाई (बुटिक) तालिम सम्पन्न

Live Radio Schedule

Recent News

  • कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्नअसार १२, २०७९
  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोकअसार १२, २०७९
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शनअसार ११, २०७९
  • पेट्रोलियम पदार्थको मूल्य घट्योअसार ११, २०७९
  • नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजनअसार १०, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • कटुन्जेमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न
  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.