काभ्रे,देबराज उप्रेती,
नाङ्शाल एशोशियसन नेपालले स्थानीय तह सदस्य निर्वाचनमा निर्वाचित नाङ्शाल एशोशियसन नेपाल संस्थामा आबद्ध पदाधिकारीहरूलाई सम्मान गरेको छ । हालसालै सम्पन्न भएको स्थानिय तह निर्वाचन २०७९ बाट संस्थामा आबद्ध काभ्रेका बिभिन्न नगरपालिका तथा गाउँपालिकामा नवनिर्वाचित पदाधिकारीहरूलाई संस्थाले आज एक कार्यक्रम आयोजना गरि सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा रोशी गाउँपालिकाको प्रमुख पदमा नवनिर्वाचित दिनेश लामा , रोशी वडा नं ११ बाट अध्यक्ष पदमा निर्वाचित लाल कुमार पाख्रीन , रोशी वडा नं १२ बाट अध्यक्ष पदमा निर्वाचित वशन्त तामाङ , नमोबुद्ध नगरपालिका कार्यपालिका सदस्य शुसिला परियार , बनेपा नगरपालिकाको उपप्रमुखमा निर्वाचित बिमला सापकोटा र बेथानचोक गाउँपालिका वडा नं १ बाट अध्यक्ष पदमा निर्वाचित मधुशुधन तिमल्सिना रहेका छन् ।
निर्वाचित रोशि गाउँपालिकाका अध्यक्ष दिनेस लामा संस्थाको अध्यक्ष पदमा रहेर काम गदै आएका छन् । त्यस्तै,रोशी वडा नं ११ का नवनिर्वाचित लाल कुमार पाख्रीन संस्थाको कार्यसमिति सदस्यको रुपमा रहदै आएका छन् । बनेपा नगरपालिकाको उपप्रमुखमा निर्वाचित बिमला सापकोटा संस्थाको परियोजनाको संयोजकको रुपमा रहेर काम गरेकि थिईन । शुसिला परियार सामाजिक परिचालक ,मधुशुधन तिमल्सिना रेडियो रोशीको समाचार वाचक र वसन्त तामाङ संस्थाका सदस्य का रुपका रहेका थिए ।
पदाधिकारी सम्मान कार्यक्रममा नाङ्शाल यशोशियसन नेपालका कार्यकारि निर्देशक गुणराज मुक्तान , संस्थाका कार्यसमिति सदस्य तथा नाङ्शाल यशोशियसन नेपालका सम्पुर्ण पुर्व कर्मचारिहरुको उपस्थिति रहेको थियो ।