काभ्रे,
नेपाली कांग्रेसका नेता गणेश लामा ले रोशी गाउँपालिका वडा नम्बर १ का सुत्केरी महिला, अपांगता भएका ब्यक्ति र बृद्धबृद्धालाई ब्ल्याङ्केट बितरण गरेका छन । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पहिलो पटक प्रत्यक्ष सिटबाट केन्द्रीय सदस्यमा निर्वाचित भएर काभ्रे जिल्लाको ईतिहास रचेका नेता गणेश लामाले गाउँ घरको यात्रालाई पुनः निरन्तरता दिएका छन ।
विगत देखिनै सहयोग गर्दै आएका नेता लामाले वडाभित्रका २ सय ७५ जनालाई जाडोबाट जोगिनको लागि न्यानो ब्ल्याङ्केट बितरण गरेको जानकारी दिएका छन । सुत्केरी महिला, अपांग र बृद्धबृद्धालाई न्यानो कपडा वितरण गर्न पाउँदा खुसी लागेको बताउदै नेता लामाले आगामी दिनमा पनि वडाबासी तथा जिल्लाबासीलाई आवश्यक सहयोग गर्न सधै लागिपर्ने बताएका छन ।