काभ्रे,
नेपाली काग्रेंस क्षेत्र नं १ प्रतिनिधि सभाको क्षेत्रिय कार्यालयको आज उद्घाटन गरिएको छ । भकुन्डेबेशिको दाप्चा जाने बाटोमा अबस्थित क्षेत्रिय कार्यालयको आज नेपाली काग्रेंसका जिल्ला सभापति तिर्थ लामाले रिबन काटेर उद्घाटन गरेका हुन ।
नेपाली काग्रेंसका सभापति तिर्थ लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काग्रेंसका क्षेत्र नं १ का क्षेत्रिय सभापति दिनेस लामा, नगर सभापति कुुन्छाङ लामा , जिल्ला उपसभापति रमेस हुमागाँई , महासमिति सदस्य हर्सजित लामा , शंखबुद्ध लामा , माहाधिबेसन प्रतिनिधि ईश्वरि ओझा , लगायतका प्रतिनिधिहरु, नेता एवम् कार्यकर्ताहरुको सहभागिता रहेको नेपालि काग्रेंसका जिल्ला सचिव गुणराज मुक्तानले जानकारि दिएका छन ।