बनेपा/निर्वाचित भएको दूइ महिना पुग्नै लाग्दा आज नेपाली कांग्रेस काभ्रेको जिम्मेवारी हस्तान्तरण भएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेको कार्यलयमा शनिवार भएको एक समारोहबिच नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित जिल्ला कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरेको हो । नेपाली कांग्रेस काभ्रेको निवर्तमान जिल्ला सभापति एवं नव निर्वाचित केन्द्रीय सदस्य मधुप्रसाद आचार्यले नव निर्वाचित जिल्ला सभापति तिर्थ लामालाई जिम्मेवारी हस्तारन्तरण गरेको छ । जिम्मेवारी हस्तान्तरण पश्चात सभापति लामाले औपचारिक रुपमा पदभार र पनि ग्रहण गरेका छन् ।
जिम्मेवारी हस्तान्तरण समारोहमा सभापति लामाले काभ्रे कांग्रेसलाई बैचारिक र सशक्त कांग्रेस बनाउन कुनै कसर बाँकी नराख्ने र अधिवेशनमा फरक फरक समूह भए पनि सबैलाई समेटेर लैजाने प्रतिबद्धता व्यक्त गरे । सोही समारोहमा नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं.१ को पनि जिम्मेवारी हस्तान्तरण गरेको छ ।
क्षेत्र नं.१ काभ्रेले १४ औँ महाधिवेशनबाट निर्वाचित जिल्ला कार्यसमितिको पदाधिकारी, प्रदेश समिति पदाधिकारी तथा सदस्यहरु र केन्द्रीय सदस्यहरुलाई बधाई तथा शुभकामना पत्र प्रदान गरेको थियो । निवर्तमान सभापति एवं केन्द्रीय सदस्य मधु प्रसाद आचार्यले आफ्नो कार्यकालमा भवन निर्माण कार्य सम्पन्न गरेकोले सोको लेखा परिक्षण गरेर सम्पूर्ण हरहिसाव पनि निकटभविश्यमा नै नयाँ कार्यसमितिलाई हस्तान्तरण गर्ने प्रतिवद्धता पनि जनाए ।
वि.पि.को शालिक अनावरण
भूतपूर्व शैनिक संघले नेपाली कांग्रेस जिल्ला समितिको कार्यालय परिसरमा निर्माण गरेको वि.पि.को शालिक पनि शनिवार नै अनावरण गरेको छ । नेपाली कांग्रेसको केन्द्रीय सदस्य मधु आचार्य, निर्वातमान केन्द्रीय सदस्य शिव प्र हुमागाई, बागमती प्रदेशका महामन्त्री कन्चन्चन्द्र बादे र जिल्ला सभापति तीर्थ लामाले उक्त शालिकको संयुक्त रुपमा अनावरण गरेको हो । भूत पूर्व शैक्षिक संघले नेपाली कांग्रेसको समर्थक र सुभेच्छुकहरु सँग चन्दा संकलन गरेर उक्त शालिक निर्माण गरेको भूपू शैनिक संघको जिल्ला अध्यक्ष इन्द्र बहादुर दहालले जानकारी दिए ।