ललितपुर ÷ ललितपुरको गिम्दी – पाटन सम्पर्क समिती पार्टिमा सक्रिय बन्दै गएको छ ।आज (शनिबार ) एक कार्यक्रम गरि गिम्दीबाट ललितपुरको विभिन्न ठाउँमा बसोबास गर्दैआएका नेपाली कांग्रेसका क्रीयाशिल नेता एबम कार्यकर्तालाई सम्पर्क गरि नेपाल तामाङ संघ ललितपुरको कार्यलयमा भेला भएको छ । कार्यक्रम बागमती गाउँपालिका वडा न ७ कार्यसमितिलाई नेपाली कांग्रेसको केन्द्रिय परिपत्र अनुसार “घर घर जाऔं , कांग्रेस जिताऔं ” अभियान आगामी चुनावलाई सहयोग पुगोस् भन्ने उदेश्यले राखिएको गिम्दी – पाटन सम्पर्क समितिका संयोजक गोबिन्द राना मगरले बताएका छन ।
कार्यक्रममा आगामी बैशाख ३० गते हुने निर्बाचनमा नेपाली कांग्रेसलाई कसरी जित हासिल गराउन सकिन्छ भन्ने बिषयमा घनिभुतरुपमा छलफल भएको थियो । संयोजक राना मगरले सम्पुर्ण साथिहरुलाइ आ – आफ्नो धारण राख्न अनुरोध गरेका थिए । सोही अनुसार सबैले आफ्नो धारणा राखेका थिए । धारणा राख्ने क्रममा केहि सदस्यहरुले बिगतमा कांग्रेसले हार्दा सानो कुरामा पनि आफुले भोग्नुपरेको दुःख र समस्या को बारेमा स्पष्ट रखेका थिए भने केहिले बिगतमा जस्तो आफ्नै पार्टी भित्रबाट अन्तरघात हुने हो भने फेरि पनि गिम्दीमा कांग्रेसले हार बेहोर्नु पर्ने धारणा रखेका थिए ।
आगामी निर्बाचनमा यदि कोहि कसै बाट अन्तरघात भएको थाहा भएमा इकाइ समिती भित्र समिक्षा गरि कार्बाहीको लागि सिफारिस गर्ने संयोजक राना मगरले चेतावनी दिएका छन । धारणा राख्दै पुर्ब वडा कार्यसमिति सभापति बद्री ढोडारी ले टिकटको लागि कसैले हानथाप गर्न नहुने र जसले टिकट ल्याएपनी कांग्रेसि साथिहरुले तन मन र बिचारका साथ सहयोग गर्नुपर्ने बताएका छन । गिम्दी – पाटन सम्पर्क समितिका उप संयोजक जीवन तिमल्सिनाले गिम्दीमा अन्य पार्टिका साथिहरुले विभिन्न प्रलोभन देखाइरहेका र तेस्ता फोस्रा प्रलोभनमा नपर्न सम्पुर्ण गिम्देली साथिहरुलाइ आग्रह गरका छन । त्यस्तै , आफू कांग्रेस भएकै कारण विभिन्न खेलमा आफुलाइ निरुत्साहित पारिएको समितीका सदस्य शुशान्त राना मगरले दुखेसो पोखेका छन ।
कार्यक्रममा बागमती गाउँपालिका वडा न ७ गिम्दीबाट ललितपुरको सातदोबाटो , चापागाउँ , इमाडोल , खुमल्टार ,ठेचो , सुनाकोठी , लगनखेल , ग्वार्खो लगाएतका ठाउँमा बसोबास गर्ने नेपाली कांग्रेसका कृयाशिल कार्यकर्ता तथा नेताहरुको उपस्थिति रहेको थियो । साथै ललितपुर क्षेत्र न १ का महाधिवेशन प्रतिनिधि रबिन्स शर्मा घिमिरे र राम शरण घिमिरेले आगामी निर्बाचन र एम. सि. सि. को बिषयमा मन्तव्य राख्नुभएको थियो । त्यस्तै आगामी चैत्र २८ गते गिम्दी – पटन सम्पर्क समितीले पिकनिकको आयोजना गर्ने र सम्पुर्ण पदाधिकारी तथा सदस्य साथिहरुको ब्यक्तिगत विवरण पनि तयार गर्ने भेलाबाट निर्णय भएकोे छ ।