काभ्रे,
नेपाल प्रेस काउन्सिलले पत्रकार ऋषि धमला लाई स्पष्टीकरण सोधेको छ । प्रधानमन्त्री देउवा भारत भ्रमणबाट फर्किने क्रममा शुक्रबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानभित्र धमला जवरजस्ती निषेधित क्षेत्रमा प्रवेश गरेको थिए । उनी प्रधानमन्त्रीसँग कुराकानी गर्ने भन्दै जहाजका कर्मचारीलाई पेलेर इकोनोमी क्लासबाट बिजनेस क्लासमा प्रवेश गरेका थिए ।
विमानका कर्मचारीले रोक्दारोक्दै निषेध गरिएको स्थानमा प्रवेश गर्नुको कारण २४ घन्टाभित्र पेस गर्न काउन्सिलले धमलालाई पत्र पठाएको हो ।