काभ्रे,
काभ्रेको पनौती नगरपालिकाले नगरपालिकाको १० वटा वडाका ४७५ परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ । पहिलो चरणमा नगरपालिकाको १० वटा वडाका ४७५ परिवारको स्वास्थ्य बिमा गरिएको हो । यी परिवारको स्वास्थ्य बीमा बापतको प्रीमियम रकम स्वास्थ्य बिमा बोर्ड काभ्रेलाई नगर प्रमुख भीम न्यौपानेले हस्तान्तरण गरेकोे नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमिल्सिनाले जानकारी दिएका छन ।
स्वास्थ्य बिमा गरेका ४७५ घरपरिवारका २ हजार ३७ जनाले आगामी फागुन १ गतेबाट धुलिखेल अस्पतालमा स्वास्थ्य सेवा लिन पाउनेछन् । नगरपालिकाले विपन्न घरपरिवारलाई स्वास्थ्य उपचारमा पहुँच पुर्याउने उद्देश्यले निःशुल्क स्वास्थ्य बिमा गरिदिएको हो ।