काभ्रे,
काभ्रेको पाँचखाल नगरपालिकामा काठमाडौं विश्वविद्यालयले कृषि बिषयको पठनपाठन सुरु गरेको छ । नगरप्रमुख खरेलका अनुसार पाँचखाल नगरपालिकाको सहयोग र समन्वयमा काठमाडौं विश्वविद्यालयले नेपालमै पहिलोपटक यी बिषयमा पठनपाठन सुरु गरेको हो । संरचना पुर्ण रूपमा तयारी भने भैसकेको छैन् । अबको केहि दिनमानै संचनाले पूर्णता पाउने र औपचारिक रुपमा कक्षा सञ्चालन गर्ने गरी तयारी केयुले गरेको छ । हालसम्म अध्ययनका लागि ६५ जना भन्दा बढी विद्यार्थी भर्ना भइसकेका छन् । केयूले प्रविधि मैत्री कृषि संकाय स्नातक, स्नातकोत्तर र आर्टिफिसियल ईन्टेलिजेन्स स्नातक र स्नातकोत्तर तहसम्मको अध्ययन अध्यापन अनौपचारिक रुपमा सुरू गरेको नगरप्रमुख महेश खरेलले बताएका छन । काठमाण्डौ विश्वविद्यालयका स्कुल अफ साईन्सका डिन डाक्टर मनिष पोखरेलको टोलीले नगरपालिकामा बनिरहेको भौतिक संरचनाको अनुगमन तथा निरीक्षण समेत गरेको छ ।
विश्वविद्यालय स्तरको कृषि पढाई हुने भएपछि पाँचखालको कृषि प्रणालीमै नयाँपन आउने अपेक्षा गरिएको छ । बढ्दो रसायनिक मल तथा बिषादीको प्रयोगले माटो बिग्रिरहेको तथ्यका माझ विश्वविद्यालयमा हुने नयाँ–नयाँ खोज र अनुसन्धानले पाँचखालको कृषिलाई जीवनदान दिन सक्ने धेरैले विश्वास गरेका छन् । कृषि पढाई हुन विश्वविद्यालय स्थापना भएपछि नगरप्रमुख खरेलले खुशी ब्यक्त गर्दै कृषि क्षेत्रमा अग्रणी नगरपालिकामा कृषि पढाई हुने विश्वविद्यालय स्थापनाको लागि सहयोग गर्ने सबैमा हार्दिक धन्यवाद प्रकट गरेका छन ।