काभ्रे,
सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र ढंगले उम्मेदवारी दिएका पार्टीका नेता, कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले गठबन्धन गरेर अघि जाने क्रममा भएका कमी कमजोरीबारे पार्टीले निर्वाचनपछि छलफल गर्ने उल्लेख गर्दै निर्वाचनमा होमिएको बेला पार्टीको निर्णय विपरीत उम्मेदवारी दिन नमिल्ने बताएका छन । थापाले निर्वाचनमा होमिएका बेला पार्टीको निर्णयको सम्मान गर्दै आफ्नो स्वतन्त्र उम्मेदवारी फिर्ता लिन पार्टीका नेता, कार्यकर्तालाई आग्रह समेत गरेकान छन ।
त्यसरी स्वतन्त्र उम्मेदवारी दिँदा पार्टीका कर्मठ नेताहरुको हितमा नहुने उनले भन्दै स्वतन्त्र उम्मेदवारी फिर्ता लिन उनले आग्रह गरेका हुन् । महामन्त्री थापाले पार्टीभित्र गठबन्धन गरेर चुनावमा जाने कुरामा फरक मत रहे पनि अहिले पार्टीको निर्णय अनुसार मिलेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन ।