काभ्रे,
नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुने गरि पेट्रोल, डिजेल र मटितेलको मूल्य प्रति लिटर १०÷१० रूपैयाँले घटाएको छ । हिजो बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य समायोजन गर्ने निर्णय गरेको निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताएका छन् ।सरकारले पेट्रोलियम पदार्थमा लाग्ने पूर्वाधार कर घटाएपछि निगमले मूल्य समायोजन गरेको हो ।
मूल्य घटेसँगै अब पेट्रोल प्रतिलिटर १७० रूपैयाँ तथा डिजेल र मटितेल१५३ रूपैयाँमा पाइनेछ । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटेपनि खाना पकाउने एलपी ग्याँस र हवाइ इन्धनको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।