काभ्रे,
आज ७२ औँ प्रजातन्त्रको दिवसको अवसर पारेर काभ्रेको चण्डेश्वरी मन्दिर सरसफाई कार्यक्रम आयोजना भएको छ । प्रजातन्त्र दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेको नेतृत्वमा काभ्रेको बनेपा स्थित चण्डेश्वरी मन्दिरको सरसफाई गरिएको हो । काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीको प्रमुख उपस्थितीमा काभ्रेका सुरक्षाकर्मीले आज बिहान चण्डेश्वरी मन्दिरको सरसफाई गरेका हुन् । २००७ सालमा राजा त्रिभुवन र राजनीतिक दलहरूको संयुक्त प्रयासमा १०४ वर्षको जहाँनिया राणाशासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापना गरिएको थियो ।