काभ्रे,
काभ्रेको तेमाल गाउँपालिकामा निर्माण भएको गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको यहि चैत ५ गते विविध सांस्कृतिक कार्यक्रम सहित उद्घाटन गरिने भएको छ । ५ गते शनिबार बिहान १० बजे प्रधानमन्त्री शेरबहादुर देउवाद्धवारा नवनिर्मित प्रशासकिय भवनको उद्घाटन गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले एक सुचना जारि गर्दै भवन उद्घाटनमा सम्पुर्णलाई कार्यक्रममा सहभागि हुन अनुरोध गरेको छ ।
साङदोर्जे निर्माण कम्पनि सँग २०७६।४।७ मा गाउँपालिकाले प्रशासकिय भवनको ४ करोड ५२ लाख ४७ हजार ६ सय ५३ रुपैयामा सम्झौता भएको तेमाल गाउँपालिकाका प्रवक्ता एवम् वडा नं ७ का वडा अध्यक्ष ज्ञान बहादुर तामाङले जानकारि दिएका छन् । तामाङका अनुसार साङदोर्जे निर्माण कम्पनिले करिब २ बर्षको अवधिमा नवनिर्मित भवनको निर्माण सम्पन्न गरेको हो ।