काभ्रे,
काभ्रेको तेमाल गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज उदघाटन गरिएको छ । भवनको आज प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उदघाटन गर्नुभएको हो । दोलखाको कार्यक्रम सकेर प्रधानमन्त्री देउवा हेलिकप्टर मार्फत तेमाल आएर भवन उदघाटन गर्नुभएको हो । प्रधानमन्त्री आउने भएपछि तेमाल गाउँपालिकाको कार्यालय रहेको स्थान पोखरीनारायणस्थानको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
तेमाल गाउपालिकाको नब निर्मित प्रशासकिय भबन उद्घाटन समारोहको अबसरमा साङ दोर्जे शान्ति जेभिका प्रोपाइटर छोइसाङ लामालाइ प्रधानमन्त्री शेर बहादुर देउवाद्वारा सम्मान व्यक्त गरिएको छ । जम्मा लागत ४ करोड ६४ लाखमा २०७६ सालमा निर्माण भई २ बर्षमै निर्माण कार्य सम्पन्न गरि सेवा प्रदान गरेकोमा सम्मान व्यक्त गरिएको तेमाल गाउँ पालिका प्रबक्ता ज्ञान बहादुर लामाले बताएका छन । त्यसैगरि प्रोपाइटर छोइसाङ लामाले निर्माण कार्यमा पुर्याएको योगदानलाई उच्च मुल्यांकन गरि सम्मान व्यक्त गरेकोमा आभार प्रकट गरिएको छ ।