काभ्रे,
जनगणना २०७८ को प्रारम्भिक नतिजामा अनुसार काभ्रेको कुल जनसंख्या ३ लाख ६६ हजार ८ सय ७९ रहेको छ । जिल्लाको कुल जनसंख्या मध्य १ लाख ८० हजार ९ सय ६७ पुरुष र १ लाख ८५ हजार ९ सय १२ महिला रहेका छन् । २०६८ सालमा जिल्लाको जनसंख्या ३ लाख ८१ हजार ९ सय ३७ थियो । काभ्रेपलाञ्चोक जिल्लाको तथ्याङ्क ०.३९ प्रतिशतले घटेको छ । परिवारसंख्या भने ९३ हजार १ सय ८९ रहेको तथ्याङ्क विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । परिवारको औसत आकार ३.९४ रहेको छ । जनघनत्व २६३ रहेको छ ।
तथ्याङ्क विभागले सार्वजनिक गरेको जिल्लाका १३ वटा स्थानीय तहहरुको तथ्याङ्क अनुसार सबै भन्दा धेरै बनेपा नगरपालिकाको जनसंंख्या ६७ हजार ६ सय २९ रहेको छ त्यस्तै पनौतीको जनसंख्या ५२ हजार ७८ , धुलिखेलमा ३६ हजार १ सय ८३ , पाँचखाल नगरपालिकामा ३५ हजार ९ सय ९२ , मण्डनदेउपुर नगरपालिकामा ३१ हजार २ सय ६१ , नमोबुद्ध नगरपालिकामा २६ हजार २ सय ८० , बेथान्चोक गाउँपालिकामा १४ हजार ९ सय ९६ , भुम्लु गाउँपालिकामा १५ हजार ८ सय ५८ , चौरीदेउराली गाउँपालिकामा १४ हजार १ सय ६ जनसंख्या रहेको छ ।
त्यसैगरि, खानीखोलाको १२ हजार ३ सय ७५,महाभारत गाउँपालिकाको १६ हजार १ सय ४८ , रोशी गाउँपालिकाको २३ हजार ५ सय ११ जनसंख्या रहेको छ । जसमा पुरुष ११ हजार ४ सय ५८ र महिला १२ हजार ९३ जना रहेका छन् र तेमाल गाउँपालिकामा १६ हजार ९ सय ५९ जनसंख्या रहेको छ । जसमा पुरुष ८ हजार १ सय ९७ रहेको छ भने महिला ८ हजार ७ सय ६२ रहेको छ ।