Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home Roshi Khabar E-Paper

बजेट बनाउनुअघि नमोबुद्धमा योजना तर्जुमा गोष्ठी

Roshikhabar by Roshikhabar
असार २, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, समाचार
0
बजेट बनाउनुअघि नमोबुद्धमा योजना तर्जुमा गोष्ठी
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

आगामी आर्थिक बर्षको बजेट निर्माणअघि नमोबुद्ध नगरपालिकाले योजना तर्जुमाका विषयमा एक दिवसीय गोष्ठी सम्पन्न गरेको छ । नवनिर्वाचित जनप्रतिनिधि, विभिन्न शाखा प्रमुख, वडा सचिव लगायतलाई बजेट निर्माणको प्रक्रिया लगायतका विषयमा जानकारी गराउने उद्देश्यले विज्ञहरुसहितको सहभागितामा गोष्ठी आयोजना गरिएको हो । आज बिहीबार सम्पन्न गोष्ठीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव गोपीकृष्ण खनाल र स्थानीय विकासका विज्ञ विष्णुदत्त गौतमले बजेट निर्माणका विविध विषयमा प्रस्तुति दिएका थिए ।
कार्यक्रममा सहसचिव खनालले नमोबुद्ध नगरपालिकाको सम्भावना र चुनौतीका विषयमा प्रस्तुति दिएका थिए । उनले नमोबुद्ध नगरका स्रोतहरु, समस्या र चुनौती तथा चालु आर्थिक बर्षभित्रै गनुैपर्ने कामहरुका विषयमा जानकारी दिएका थिए ।

खनालले जनताको आम्दानीमा वृद्धि गर्न सकेमात्र विकासको योजनाले मुर्तरुप पाउने भन्दै त्यसका लागि पनि महिलाको आयस्तर वृद्धिमा ध्यान दिन जनप्रतिनिधिलाई आग्रह गरे । भौगोलिक अवस्था, ऐतिहासिक सम्पदा, कृषियोग्य भूमि लगायतका साथै काठमाडौं नजिक भएकाले पनि नमोबुद्धको विकासका लागि प्रशस्त सम्भावना रहेको भन्दै उनले निर्वाहमुखी नभई उत्पादनमुखी कृषिमा जोड दिन आग्रह गरे । नगरमा एउटा औद्योगिक ग्राम बनाउन, नदिहरुमा करिडोर बनाउन, स्रोतहरुको व्यवस्थापन र संरक्षण गरेर खानेपानीको समस्या समाधान गर्न उनले जनप्रतिनिधिलाई सुझाव दिए । अहिलेदेखि नै योजनावद्धरुपमा अघि बढ्ने हो पाँच बर्षमा नमोबुद्ध नगरपालिकाको मुहार फेरिने खनालको भनाई थियो ।
कार्यक्रममा स्थानीय विकासका विज्ञ गौतमले स्थानीय तहको राजस्व अधिकार तथा अन्तरसरकारी वित्तीय हस्तान्तरणबारे जानकारी प्रदान गरेका थिए । सो क्रममा उनले स्थानीय तह, प्रदेश र संघीय सरकारले उठाउन पाउने कर, त्यसको बाँडफाँड र परिचालन लगायतका विषयमा जानकारी प्रदान गरेका थिए ।
कार्यक्रममा नमोबुद्ध नगरपालिकाका नगर प्रमुख कुनसाङ लामाले देखिनेखालका र प्रभावकारी हुने खालका योजना ल्याउन वडाअध्यक्षहरुलाई आग्रह गरे । सबै वडाको समग्रमा विकास भएमात्रै नगरको समग्र विकास हुने भन्दै उनले आफूहरुको कार्यकालको सुरुको बर्ष भएकाले यही बर्षदेखि नै नगरको विकासको दीर्घकालिन योजनाको खाका बनाएर अघि बढ्ने बताए । उनले उत्कृष्ट योजना ल्याएर समयमै काम सम्पन्न गर्ने वडालाई पुरस्कृत गर्ने घोषणा पनि कार्यक्रममा गरेका थिए ।
यस्तै नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले आगामी आर्थिक बर्षको बजेट निर्माणका लागि वडावडामा योजना निर्माणको काम सुरु भइसकेको भन्दै वडाबाट योजना आएपछि त्यसलाई प्राथमिकीकरण गर्दै कार्यान्वयनमा लैजाने बताए । सुरुको बर्षदेखि नै थिति बसाउन सके आगामी दिनमा आउने योजनाहरुलाई बस्तुनिष्ठ र पारदर्शी बनाउन सकिने भएकाले विज्ञहरुको उपस्थितिमा योजना तर्जुमासम्वन्धी गोष्ठी आयोजना गरिएको पौडेलले बताए । देशका अधिकांश स्थानीय तहजस्तै नमोबुद्ध नगरपालिकाले यही असार १० गते आगामी आर्थिक बर्ष २०७९÷८० का लागि बजेट ल्याउने तयारी गरिरहेको छ । नगरपालिकाका उपप्रमुख रत्न लामा, वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, शाखा प्रमुखहरु वडा सचिव लगायतका कर्मचारीको उपस्थितिमा भएको कार्यक्रम योजना अधिकृत विष्णु अधिकारीले सञ्चालन गरेका थिए ।

Facebook Comments Box
Previous Post

जिल्ला समन्वय समिति काभ्रेको अध्यक्षमा गठबन्धनतर्फ नेकपा एस बाट दीपक गौतम विजयी

Next Post

आगामी मङ्सिरभित्र तेमालका ५५ हजार स्थानीयलाई घरघरमै स्वच्छ खानेपानी वितरण हुँदै

Roshikhabar

Roshikhabar

Related Posts

ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
Roshi Khabar E-Paper

ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक

by Roshikhabar
असार १२, २०७९
नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन
Roshi Khabar E-Paper

नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन

by Roshikhabar
असार ११, २०७९
पेट्रोलियम पदार्थको मूल्य घट्यो
Roshi Khabar E-Paper

पेट्रोलियम पदार्थको मूल्य घट्यो

by Roshikhabar
असार ११, २०७९
नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन
Roshi Khabar E-Paper

नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजन

by Roshikhabar
असार १०, २०७९
तेमाल गाउँसभामा निति तथा कार्यक्रम सार्वजनिक, बजेट अर्काे सुचना पछि प्रस्तुत गरीने
Roshi Khabar E-Paper

तेमाल गाउँसभामा निति तथा कार्यक्रम सार्वजनिक, बजेट अर्काे सुचना पछि प्रस्तुत गरीने

by Roshikhabar
असार १०, २०७९
Next Post
आगामी मङ्सिरभित्र तेमालका ५५ हजार स्थानीयलाई घरघरमै स्वच्छ खानेपानी वितरण हुँदै

आगामी मङ्सिरभित्र तेमालका ५५ हजार स्थानीयलाई घरघरमै स्वच्छ खानेपानी वितरण हुँदै

Live Radio Schedule

Recent News

  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोकअसार १२, २०७९
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शनअसार ११, २०७९
  • पेट्रोलियम पदार्थको मूल्य घट्योअसार ११, २०७९
  • नमोबुद्धमा आर्थिक बर्ष २०७९÷८० को लागि ७४ करोड ४८ लाखको बजेट विनियोजनअसार १०, २०७९
  • तेमाल गाउँसभामा निति तथा कार्यक्रम सार्वजनिक, बजेट अर्काे सुचना पछि प्रस्तुत गरीनेअसार १०, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • ललितपुर महानगरद्धारा ठेलागाढामा पानीपुरी र चटपटे बेच्न रोक
  • नेपाल नागरिक अभियानद्धारा बनेपामा विरोध प्रदर्शन
  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.