काभ्रे,
काभ्रेको बनेपामा अवैध रुपमा उत्पादन गर्दै आएको एक घरेलु मदिरा उत्पदान स्थलमा आज अपरान्ह ४ बजे प्रहरीले छापा मारेको छ । बनेपा नगरपालिका वडा नं ८ स्थित नेपाल टेलिकम चोक क्षेत्रमा प्रहरीले छापा मारेको हो ।
उक्त घरेलु उत्पादन स्थलबाट प्रहरीले करिब ३५ सय लिटर अवैध मदिरा बरामद गरेको छ । यस बारेमा विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरी जनाएको छ ।
Facebook Comments Box