काभ्रे,
अरनिको राजमार्ग अन्तर्गत बनेपामा बसले मोटरसाइकललाई ठक्कर दिदाँ गम्भिर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । आज बिहान ६ ः३० को समयमा बनेपाबाट धुलिखेलततर्फ आउदै गरेको बा २ ख ५२९४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा ८१ प ४२१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक गम्भिर घाइते भएका थिए । बसको ठक्करबाट गम्भिर घाइते भएका मोटरसाइकल चालक रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं २ का २८ वर्षीय सुनिल कुमार खड्काको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिएका छन ।
उनका अनुसार मोटरसाइकलमा पछाडी सवारमा सोही ठेगानाका २७ वर्षीय सन्तोष खड्का पनि घाइते भएका छन् । घाइतेको ललितपुर स्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकललाई ठक्कर दिने बसका चालकलाई ईलाका प्रहरी कार्यालय बनेपाले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।