काभ्रे,
बेथानचोकको कामिखोरिया गाउँलाई जलवायु अनुकुलन नमुना गाउँ घोषणा गरिएको छ । ग्रामीण बिकास सस्था र गाउँपालिकाको पहलमा नमुना गाउँ घोषणा गरिएको हो । बेथानचोक गाउँपालिकाको २ नम्बर वडाको कामिखोरिया गाउँलाई आज एक कार्यक्रम बिच जलवायु अनुकुलन नमुना गाउँ घोषणा गरिएको हो । बेथानचोक गाउँपालिका, ग्रामीण बिकास संस्था , स्थानीयको बराबर लगानिमा कामिखोरियाका २६ घरधुरिलाई २६ थान इडक्सन चुलो बितरण समेत गरिएको थियो ।
नमुना गाउँ घोषणा कार्यक्रममा गाउँपालिमा अध्यक्ष प्रेमबहादुर तिमल्सिना, उपाध्यक्ष सरिता लामिछाने तामाङ, ग्रामीण बिकास संस्थाको कार्यकारी प्रमुख डिएन तिमल्सिना, एइआइएन लक्जम्बरका कन्ट्री डाइरेक्टर रमेस तोयना , जनप्रतिनिधिहरु, ग्रामीण बिकास संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।
नमुना गाउँ घोषणा भएकोमा स्थानीयले खुशी व्यक्त गरेका छन् । नमुना गाउँका लागि ग्रामीण बिकास संस्था र गाउँपालिका विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएका छन् । कृषि सामाग्री बितरण, पोखरी निर्माण , टनेल बितरण , भकारो सुधार, इन्डक्सन चुलो बितरण जस्ता कार्यक्रमबाट लाभान्वित स्थानीयले गाउँपालिका र संस्थालाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा बेथानचोक गाउँपालिका अध्यक्ष , उपाध्यक्ष , लक्जम्बरका कन्ट्री ड्राइरेक्टर, ग्रामीण बिकासका कार्यकारी प्रमुख लगायतले मन्तव्य राखेका थिए ।