काभ्रे,
जिल्लाको बेथानचोक गाउँपालिकाको २ नम्बर वडाको कामिखोरिया गाउँ संग संगै चोरन्डे र मुलडाँडा गाउँलाई समेत एक कार्यक्रम बिच हिजो शनिबार जलवायु अनुकुलन नमुना गाउँ घोषणा गरिएको छ । बेथानचोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना र वडा अध्यक्ष भगवान घिमिरेको पहल र अगुवाइ अनि ग्रामीण बिकास संस्थाको सहयोगमा जलवायु अनुकुलन नमुना गाउँ घोषणा गरिएको हो । बेथानचोक गाउँपालिका, ग्रामीण बिकास संस्था , स्थानीयको साझेदारीमा मुलडाँडा र चोरन्डेका जनतालाई इन्डक्सन चुलो समेत बितरण गरिएको थियो । जलवायु अनुकुलन नमुना गाउँ घोषणा कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, उपाध्यक्ष सरिता लामिछाने तामाङ, वडा अध्यक्ष भगवान घिमिरे, वडा सदस्यहरु राम प्रसाद अधिकारी, नमराज केसि, भगवती तिमल्सिना, रेणुका परियार, ग्रामीण बिकास संस्थाका कार्यकारी प्रमुख डि.एन तिमल्सिना, एइआइएन लक्जम्बरका कन्ट्री डाइरेक्टर रमेस त्वयना , जनप्रतिनिधिहरु, स्थानियहरु, ग्रामीण बिकास संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।
जलवायु अनुकुलन नमुना गाउँ घोषणा पुर्व तयारीका लागि ग्रामीण बिकास संस्था र गाउँपालिकाले विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएका थिए ।कृषि सामाग्री बितरण, पोखरी निर्माण , टनेल बितरण , भकारो सुधार, इन्डक्सन चुलो बितरण जस्ता कार्यक्रमबाट लाभान्वित स्थानीयले गाउँपालिका र संस्थालाई धन्यवाद ज्ञापन गर्दै नमुना गाउँ घोषणा भएकोमा स्थानीयले खुशी व्यक्त गरेका थिए । कार्यक्रममा बेथानचोक गाउँपालिका अध्यक्ष , उपाध्यक्ष , लक्जम्बरका कन्ट्री ड्राइरेक्टर, ग्रामीण बिकासका कार्यकारी प्रमुख , वडा अध्यक्ष , वडा सदस्य लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रम महानन्द तिमल्सिनाले संचालन गरेका थिए ।