काभ्रे,
बेथानचोकको ढुंखर्कमामा स्थगित भएको मत गणना अझै सुरु हुन सकेको छैन् । मतगणनामा धाँधली भएको विषयलाई लिएर काभ्रेको बेथानचोक गाउँपालिकाको मतगणना कार्य स्थगित भएको थियो । बेथानचोकको ढुंखर्कमा अहिले सर्वदलिय बैठक बसीरहेको छ ।
शनिबार रातीदेखि बेथानचोक गाउँपालिकामा मतगणना स्थगित भएको थियो । नेकपा एमालेका कार्यकर्ताहरूले मतगणनामा धाँधली भएको आरोप लगाउँदै मतगणना स्थलमा चर्को नाराबाजी गरेका थिए । त्यस्तै तेमाल गाउँपालिकाकमा स्थगित भएको मतगणना सर्वदलीय बैठकपछि आज बिहानबाट पुनःसुचारु भईसकेको छ ।