काभ्रे,
काभ्रेको भकुन्डेबाट जुवा,तास खेलिरहेको अवस्थामा १० जना जुवाडेहरुलाई प्रहरिले पक्राउ गरेको छ । नमोबुद्ध नगरपालिका वडा नं ६ बिजय खड्किको घरमा जुवा,तास खेलिरहेको अवस्थामा आज दिउसो करिब ४ बजेको समयमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुको नाम भने सार्बजनिक भएको छैन् । जुवाखालबाट नगद १ लाख २० हजार रुपैया बरामद भएको छ । पक्राउ परेकाहरु अहिले प्रहरिको नियन्त्रणमा रहेका छन । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको काभ्रेका सुचना अधिकारि हरि खतिबडाले जानकारि दिएका छन् ।