काभ्रे, देबराज उप्रेती,
काभ्रे जिल्लाको भकुन्डेबेशिमा सिप्रेट एसिया एड को आयोजनामा मसला बाली र तरकारी बीउ उत्पादन तथा बजारीकरण परियोजनाको प्रगति तथा परियोजना कार्यक्रम सम्पन्न भएको छ । २८ महिनाको समयाबधिमा यो संस्थाले नमोबुद्ध नगरपालिकाको बिभिन्न स्थानहरुका साथै धुलिखेल, सिन्धुपाल्चोकको मेलम्चि, हेलम्बु गाउँपालिका लगायतका स्थानहरुमा यो कार्य सम्पन्न गरिसकेको छ ।
२०४८ बैशाख १० मा स्थापना भएको यो संस्थाले स्थानीय समुदायलाई कृषि क्षेत्रमा सहभागी गराइ दिगो बिकासमा मद्धत पुर्याउने प्रमुख उदेस्यका साथ स्थानीय समुदायमा सक्रिय रुपमा कार्यहरु गर्दे आएको छ । यो परियोजना अन्तर्गत सस्थाले नमोबुद्ध नगरभित्र मसलाको उद्योग स्थापना र मेसिनको मेसिनरि सामग्रिहरु वितरण, ४ नम्बर वडा जोरसल्लामा सामुदायिक बीउ बैंक स्थापना , रैथाने बालीको उत्पादन तथा उत्पादित बाली संरक्षणको तालिम , वडा नं २ मा तरकारी संकलन केन्द्र स्थापना लगायतका कार्यहरु सम्पन्न गरिसकेको छ । कार्यक्रममा नमोबुद्ध नगरपालिकाका ननगरप्रमुख टि पि शर्मा, ४ नम्बर वडाका वडा अध्यक्ष उद्धब काफ्ले , २ नम्बर वडाका वडा अध्यक्ष सञ्जिब ढकाल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख शर्माले सिप्रेड सस्थाले गरेका कामहरुप्रति आफु निकै सन्तुस्ट भएको बताएका छन् । त्यसैगरि सम्बोधनकै क्रममा वडा नम्बर २ का वडा अध्यक्ष सञ्जिब ढकालले अन्य संस्थाहरुले कागजी रुपमा मात्रै प्रकृया सुरु गरेतापनि सिपे्रडले भने आम किसानहरुको आवश्यकता एवं समस्याहरुलाई बुझेर किसान लक्षित कामहरु गर्दै आएको बताएका छन । कार्यक्रमका संयोजक नवराज न्यौपानेले कृषि आधुनिकिकरण बाट नै कृषकहरुले लाभ लिन सक्ने भएको हुदाँ यो परियोजनाले कृषकहरुलाई निकै फाईदा पुर्याएको उल्लेख गरेका छन । कार्यक्रम समापन गर्दै कार्यक्रम अवधिभर नगरले गरेको सहयोग र समन्वयप्रति संयोजक न्यौपानेले धन्यबाद ब्यक्त गरेका छन ।