काभ्रे,
काभ्रेको भकुन्डेवेसीमा आज (आईतबार) बृहत पोषण प्याकेज सम्बन्धि तालिम सम्पन्न भएको छ । नेपाल सरकारको आयोजना एवम् संयुक्त राज्य अमेरिकामा एमबिबिएस बिषय अध्ययनरत विद्यार्थीहरु ड्रायान, सिम्रन थापा को सहयोगमा दुई चरणमा संचालन भएको कार्यक्रमको आज भकुन्डेवेसीको कुटुम्ब रिसोर्टमा समापन भएको हो । जेठ २३ गतेबाट २९ सम्म पहिलो चरण र असार १ गतेदेखि दोस्रो चरणमा सञ्चालन भएको कार्यक्रम आज सम्पन्न भएको मंगलटार स्वास्थ्य चौकि प्रमुख निशा बरालले जानकारि दिएकि छिन् । सुत्केरि आमाहरुको स्वास्थ्यमा सहयोग पु¥र्याउने उद्देश्यले कार्यक्रम सञ्चालन भएको हो ।
कार्यक्रममा अमेरिकामा एमबिबिएस बिषय अध्ययनरत विद्यार्थहरुले सुत्केरी आमा तथा नवजात शिशुको स्वास्थ्य हेरचाहका लागि शिशुको लागि प्रयोग हुने झुल , म्याट , शिशुको लागि प्रयोग गरिने कपडाहरु , आमाको लागि ग्लब्स, सेनेटरि प्याड लगायतका सामग्रीहरुसहित ५० थान झोला गाउँपालिकाका अध्यक्ष दिनेस लामालाई हस्तान्तरण गरेका छन् । उक्त सामग्रीहरु गाउँपालिका भित्रका सम्पुर्ण वडाहरुमा वितरण गरिने बताईएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेस लामा , स्वास्थ्य शाखा प्रमुख गंगालाल श्रेस्ठ , नेपाली कांगे्रस जिल्ला सचिब गुणराज मोक्तान , रोशी गाउँपालिका सभापति दुधराज तामाङ तथा बिभिन्न वडाका वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।