काभ्रे,
भिमखोरी स्वास्थ्य चौकीमा तिन दिने आँखा तथा मोति बिन्दुको निःशुल्क शल्यक्रिया तथा स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपालकै पहिलो नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको प्राबिधिक सहयोग एवम् रोशी गाउँपालिका वडा नम्बर ११ को आयोजनामा वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर कमल खड्काको टोलि द्धारा उपचार सेवा प्रदान गरिएको सोही वडाको वडा अध्यक्ष मिलन लामाले जानकारी दिएका छन ।
शिबिरबाट ओ.पि.डि. ५४२ जना र ७० जनाले सफल शल्यक्रिया गरि ६१२ जनाले प्रत्यक्ष रुपमा लाभ लिएको अध्यक्ष लामाले बताएका छन । संविधान सभा सदस्य पुर्व माननीय ललिता किङरिङको प्रमुख अतिथ्यतामा तिन दिने आँखा तथा मोति बिन्दुको निःशुल्क शल्यक्रिया एवम् स्वास्थ्य शिविरको समापन गरिएको हो । उक्त शल्यक्रिया एवम् स्वास्थ्य शिविरमा रोशि गाउँपालिका वडा नं १० , ११ , १२ सहित छिमेकी जिल्ला सिन्धुली बाट समेत नागरिकहरु सहभागी भएका थिए ।