Radio Roshi
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति
No Result
View All Result
Radio Roshi
Home Roshi Khabar E-Paper

भुम्लुमा पानीको अभावको कारण विद्यालयमा शौचालय प्रयोग गर्न समेत समस्या

Roshikhabar by Roshikhabar
बैशाख १३, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, समाचार
0
भुम्लुमा पानीको अभावको कारण विद्यालयमा शौचालय प्रयोग गर्न समेत समस्या
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाका बासिन्दाहरु पानीको चरम अभाव झेल्न बाध्य भएका छन । गाउँपालिकामा पानिको अभाव भएसँगै यसको प्रत्यक्ष असर गाउँपालिकाका विद्यालयहरुमा देखा पर्न थालेको छ । गाउँपालिकाकै सबैभन्दा जेठो र विद्यार्थी सङ्ख्याको हिसाबले पनि राम्रो रहेको उक्त विद्यालयका विद्यार्थीले भने पानीको अभावमा शौचालय राम्रोसँग प्रयोग गर्न पाएका छैनन् । सिङ्गो कोलाती गाउँमै खानेपानीको समस्या भएकाले विद्यालयका विद्यार्थीले शौचालयमा पानीकोे अभाव मात्रै नभई पिउने पानी पनि घरबाट लगेर प्यास मेटाउनुपर्ने बाध्यता रहेको छ । चिटिक्कको विद्यालय भवन, त्यससँगै नयाँ निर्माण गरिएको विज्ञान प्रयोगशालाको छुट्टै भवन र नजिकै नयाँ शौचालय निर्माण भएपनि शौचालयमा पानि नआउने गुनासोहरु आउने गरेका छन ।
धेरै विद्यार्थी सङ्ख्या भएकाले दिनको दुई चार गाग्री ल्याएको पानीले सुरु सुरुमा खान आउने विद्यार्थीलाई पुगेपनि सबैलाई व्यवस्थापन गर्न गाह्रो भएको विद्यालय सहयोगी पहरीको भनाइ छ । पानीको मुहान नजिक नभएका कारण सधैँभरी बोकेर समस्या समाधान गर्न कठिन भएको उहाँले बताएका छन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्रान्ति लामाले यस भेगकै सबैभन्दा पुरानो विद्यालयमा पछिल्लो समयमा शैक्षिक वातावरण सुधार हुँदै आए पनि अझै खानेपानीको समस्या समाधान गर्न भने चुनौती नै रहेको बताएका छन ।
करिब ३०० विद्यार्थी अध्ययनरत विद्यालयमा खानेपानी समस्या समाधानका लागि भौगोलिक जटिलताकै कारण पनि कठिन भएको उनको गुनासो छ । पानी अभावका कारण विद्यार्थीलाई मात्रै नभएर शिक्षकहरुलाई समेत शौचालय प्रयोग गर्नका लागि समस्या भएको विद्यालयले जनाएको छ । पछिल्लो समयमा खानेपानी समस्या समाधानका लागि वडा नं ५ सल्लेबाट थोरै पानी आइरहे पनि आफूहरुले उपभोग गर्दै आएको पानी कोलाती बासिन्दाले लगेको भन्दै विरोध गरेर सल्लेबासीले रोकिदिएका थिए । विद्यालयमा आफू व्यवस्थापन समितिको अध्यक्ष भएर आएपछि विज्ञान प्रयोगशाला सामग्री, कम्प्युटर ल्याबको व्यवस्था, विद्यालयमा नर्स र विज्ञान प्रयोगशाला भवन निर्माण गरिए पनि खानेपानीको समस्या भने अहिलेसम्म पूरा गर्न नसकिएको अध्यक्ष लामाले बताएका छन ।

Facebook Comments Box
Previous Post

देशभरबाट उम्मेदवारी दिनेको संख्या १ लाख ४१ हजार भन्दा बढि

Next Post

१० प्रकारका विलासी उपभोग्य सामान नेपाल भित्र्याउन रोक

Roshikhabar

Roshikhabar

Related Posts

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
Roshi Khabar E-Paper

भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी  ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
Roshi Khabar E-Paper

रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी
Roshi Khabar E-Paper

तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

by Roshikhabar
जेष्ठ ३, २०७९
रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न
Roshi Khabar E-Paper

रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्न

by Roshikhabar
जेष्ठ २, २०७९
रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी
Roshi Khabar E-Paper

रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयी

by Roshikhabar
जेष्ठ २, २०७९
Next Post
१० प्रकारका विलासी उपभोग्य सामान नेपाल भित्र्याउन रोक

१० प्रकारका विलासी उपभोग्य सामान नेपाल भित्र्याउन रोक

Live Radio Schedule

Recent News

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जितजेष्ठ ३, २०७९
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयीजेष्ठ ३, २०७९
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयीजेष्ठ ३, २०७९
  • रोशी ९ रजबासमा २५६६ औं बुद्ध जयन्ती समारोह सम्पन्नजेष्ठ २, २०७९
  • रोशी वडा १२ मा नेपाली कांग्रेस बिजयीजेष्ठ २, २०७९

Browse by Category

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८

email: radioroshi@gmail.com

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • अर्थ
  • खुल्ला
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • मनोरञ्जन
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य
  • स्थानीय तह
  • स्वास्थ्य

Facebook Links

Radio Roshi Faceboook

Roshi Khabar Facebook

Recent Posts

  • भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको जित
  • रोशी ११ मा नेपाली कांग्रेसका लाल कुमार पाख्रीन विजयी
  • तेमाल–३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.

No Result
View All Result
  • E-Paper
  • रोशी खबर
  • समाचार
  • स्थानीय तह
  • स्वास्थ्य
  • अर्थ
  • अपराध
  • खेलकुद
  • Our Team
  • अन्य
    • खुल्ला
    • सहकारी
    • शिक्षा
    • राजनीति
    • मनोरञ्जन
    • साहित्य
    • तपाइको सृजना
    • अन्तरबार्ता
    • रेडियो व्यवस्थापन समिति

© 2021 Radio Roshi 101.6Mhz - Hosted by Toofan Communication Network.