काभ्रे,देबराज उप्रेती,
रोशी गाँउपालिकाबाट प्रवाह हुने अत्याबस्यक बाहेकका सेवाहरु अनिश्चितकालका लागि बन्द हुने भएको छ । गाँउपालिकाको अधिकांश कर्मचारिहरुमा कोरोना सङ्क्रमण पुस्टि भएपछि गाँउपालिकाले आज एक सुचना प्रकाशित गर्दै भोलि ( मिति २०७८।१०।१०) बाट अर्को सुचना जारि नभएसम्मका लागि अत्याबस्यक बाहेकका सेवाहरु स्थगन गरेको जनाएको छ । यसबाट सेवाग्राहिहरुमा पर्नजाने असुविधाप्रति गाँउपालिकाले क्षमायाचना गरेको छ ।
गाँउपालिकाले जारि गरेको सुचनामा गाँउपालिकामा कार्यरत अधिकांश कर्मचारिहरुमा काभिड १९ सङ्क्रमण भएकाले मिति २०७८।१०।१० बाट गाँउपालिकाबाट प्रवाह हुने अत्याबस्यक बाहेकका अन्य सेवाहरु अर्को सुचना जारि नभएसम्मका स्थगन भएको ब्यहोरा सम्बन्धित सबैमा जानकारि गराईएको ब्यहोरा उल्लेख भएको छ ।