काभ्रे,
भोलिबाट भकुण्डेवेसीमा तामाङ चलचित्रको बजार व्यवस्थापन तथा गुणस्तरीय तामाङ चलचित्र सम्बन्धि प्रशिक्षण तथा तीन दिने कार्यशाला गोष्ठी हुने भएको छ । “हाम्रो चलचित्र मौलिक चलचित्र,राष्ट्र निर्माणमा तामाङ चलचित्र” भन्ने मुल नारा का साथ तामाङ चलचित्र संघ नेपाल,केन्द्रीय कार्यसमितिको आयोजनामा चलचित्र विकास बोर्ड,आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिको सहआयोजनामा यही फागुन २० गते शुक्रबारदेखि २२ गते आइतबारसम्म तामाङ चलचित्रको बजार व्यवस्थापन तथा गुणस्तरीय तामाङ चलचित्र सम्बन्धि प्रशिक्षण तथा तीन दिने कार्यशाला गोष्ठी हुन लागेको हो ।
चर्चित नायक एवं तामाङ चलचित्र संघ नेपालका केन्द्रीय अध्यक्ष कुमार मोक्तान तामाङकानुसार उक्त गोष्ठी काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं.७ भकुण्डेवेसीस्थित कुटुम्बा रिसोर्टमा शुक्रबार अपरान्ह ३ बजेदेखि प्रारम्भ हुने बताईएको छ ।