काभ्रे,देबराज उप्रेती,
कोरोना संक्रमणका कारण माघ ७ गतेबाट स्थगित भएको नमोबुद्ध नगरपालिकाको सेवाहरु भोलि बाट नियमित रुपमा सुचारु हुने भएको छ । नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण भएपछि नगरपालिकाले अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा माघ ७ गतेबाट स्थगित गरेको थियो ।
अहिले नगरपालिकाको जनप्रतिनिधिहरु प्रायःसंक्रमणमुक्त भईसकेको र थोरै संङ्ख्यामा कर्मचारिहरु संक्रमित अवस्थामै रहेको नगरप्रमुख टि पि शर्मा ले बताएका छन । नगरपालिकाले एक सूचना जारी गर्दै माघ १६ गते आइतबार (भोलि) बाट सम्पूर्ण स्थगित भएका सेवाहरु नियमित रूपमा संचालन गर्ने जानकारी गराएको छ ।