काभ्रे,
काभ्रेको रोशी गाउँपालिका ४ माहादेबटारमा आयोजना भएको २ दिने विश्वशान्ति महा–पुजा आज सम्पन्न भएको छ । बौद्धशिक्षा पाठसाला केन्द्र रोशी ४ माहादेबटारको आयोजना तथा रोशी गाउँपालिका एवम् शान्ति जनआदर्श केन्द्रको सहयोगमा हिजो बाट डा.टासि छिरिङ लामा गुरुको पुजारि टोलिबाट पुजाको सुरुवात भएको थियो ।
विश्वमा हाल चलिरहेको माहामारि शान्त होस भन्ने आस्था एवम् सम्पुर्ण मानबजातिमा शान्ति कायम गर्नको निम्ति पुजाको आयोजना गरिएको हो । पुजामा रोशी गाउँपालिका वडा नं ३, ४ ,५ का बासिन्दाहरु गरि हजार भन्दा बढि स्थानियहरुको सहभागिता रहेको वडा नं ४ का बासिन्दा एवम् समाजसेवी दावा तामाङले जानकारि दिएका छन् ।