काभ्रे,
मेलम्ची खानेपानी आयोजनाको मङ्गलबार औपचारिक रुपमा उद्घाटन हुने भएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले खानेपानी आयोजनाको सम्पूर्ण सफाइ पूरा भएसंगै यही चैत २९ गते मङ्गलबार प्रधानमन्त्रीबाट आयोजनाको उद्घाटन हुने जानकारी दिएका छन । उपत्यकावासीलाई मेलम्चीको पानी सहज वितरण गर्न सम्पूर्ण तयारी पूरा भएको बताईएको छ । आयोजनाको उद्घाटनसँगै सुन्दरीजलमा पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको सालिक अनावरणसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम तय भएको बताईएको छ ।
उपत्यकावासीलाई भविष्यमा पानीको अभाव नहोस् भन्दै स्वर्गीय भट्टराईले २०५१ सालको संसदीय निर्वाचनमा आफ्नो प्रतिबद्धता पत्रमा मेलम्चीको पानी काठमाडौँ ल्याउने उल्लेख गरेका थिए । यसैको स्मरण गर्दै नेपाल सरकारले शुन्दरीजल स्थित प्रशोधन केन्द्र परिसरमा स्वर्गीय भट्टराईको सालिक स्थापना गर्ने भएको हो । सन २००७ देखि निर्माण सुरु भएको मेलम्ची खानेपानी आयोजना गत असार १ र साउन १७ गते आएको बाढीले ठूलो क्षति पु¥याएको थियो ।