काभ्रे,
म्यादी प्रहरीको लिखित परीक्षामा उत्तीर्ण हुनेको नामावली २० गते सार्बजनिक गरिने भएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि काभ्रेमा २३ सयभन्दा बढीले म्यादी प्रहरीको लिखित परीक्षा दिएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी चक्रराज जोशीका अनुसार आज भएको लिखित परीक्षामा २३ सय ३१ जना सहभागि थिए ।
अन्तवार्ता २१ गतेबाट सञ्चालन गरिने जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । काभ्रे जिल्लालाई १,४९५ जना म्यादी प्रहरी माग गरिएको मा ३,१७३ जनाले आवेदन भरेका थिए ।