काभ्रे,
रोशी गाउँपालिका अध्यक्षका प्रत्यासी दिनेश लामाले अब रोशीका युवाहरू मुलुक छाडेर खाँडीमा पसिना बगाउन जानु नपर्ने बताएका छन् । गाउँपालिकालाई हामीले कसरी समृद्ध बनाउन सक्छौ , २१ औँ सताब्दीको समाज कस्तो हुन्छ, २१ औँ सताब्दीको जनताले चाहेको स्थानीय सरकार कस्तो हुन्छ त्यो सरकार आफूहले निर्माण गर्ने लमाले बताएका छन् । गाउँपालिका भित्रको सबै घरहरू स्वस्थ खानेपानी उपलब्ध होस भनेर एक घर एक धाराको अवधारणा एजेण्डामा राखेर कार्यान्वयन गर्ने बताउदै समाज सुहाउदो प्राविधिक शिक्षा प्रदान गरेर युवाहरूलाई गाउँघरमै रोजगारी सृजना गर्ने गठबन्धनको प्रतिबद्धता रहेको लामाले बताएका छन् ।
त्यसैगरि,पर्यटकीय क्षेत्र पनि यहाँको जनताको आम्दानीको स्रोत हुन सक्ने उनले जोड दिएका छन् । शिखर भन्दा माथीको तीनधारे झरणा, ताराखसे लेक, भूमीचुली डाँडा र चैतेपानी लेक लगायत सम्भावित पर्यटकीय क्षेत्रलाई व्यवस्थित बनाउने लक्ष गठबन्धनको भएको अध्यक्षका प्रत्यासी दिनेश लामाले बताएका छन् ।