काभ्रे,
सरकारले यौन हिंसाबाट बच्ने, बचाउने र यस्ता अपराध गर्दा हुने सजायलाई पाठ्यपुस्तकमा समावेश गर्ने प्रतिवद्धता जनाएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले बाँकेमा भएको सामूहिक बलात्कारबारे उठाएका प्रश्नको जवाफ दिदै गृहमन्त्री बालकृष्ण खाँणले घटनामा संलग्न ७ जना पक्राउ परेको र हदैसम्म कारबाही गर्ने बताएका छन् ।
घटनामा १६÷१७ वर्षका पुरुष समेत संलग्न भएको पाइएको भन्दै गृहमन्त्री खाँणले यौन हिंसाबाट बच्ने बचाउने र यौन हिंसा गरे हुने सजायबारे जानकारी दिने सामग्री पाठ्यक्रममा राख्नुपर्ने सांसदहरुको मागप्रति आफु सकारात्मक रहेको बताएका छन् ।