काभ्रे,
पनौती नगरपालिका वडा नं–५ मा स्थापना भएको जिवित फाउण्डेशन यतिबेला रक्तदातालाई सम्मान र उप्रेरणा जगाउने महाअभियानमा जुटेको छ । विश्वरक्तदाता दिवसको अवसर पारेर फाउण्डेशनले बनेपामा रक्तदान कार्यक्रमसँगै धेरै पटक रक्तदान गर्ने रक्तदातालाई सम्मान गरेको छ । यो महिनामा मात्रै धुलिखेलको हजार सिढीमा फाउण्डेशनले गरेको रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन् । त्यस्तै पनौतीको श्रीकृष्ण पार्टी प्यालेसमा भएको रक्तदान कार्यक्रममा ६४ जनाले रक्तदान गरेका छन् । जेठ ३१ गते हिजो बनेपामा गरेको रक्तदान कार्यक्रममा १७ जनाले रगत दिएको थापाले बताएका छन् । त्यस्तै असार ४ गते पनि बनेपामै पुनः रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको छ ।
ल रगतले धेरैको ज्यान जोगाउने भएकाले काभ्रेपलञ्चोक जिल्लामा कसैको पनि रगतको अभावमा मृत्यु नहोस भनेर अभियान सुरु संचालन गरेको जिवित फाउण्डेशनका अध्यक्ष जितेन्द्र थापाले बताएका छन् ।