काभ्रे,
रुपन्देहीको रोहीणी गाउँपालिकामा बस दुर्घटना हुदाँ ९ जनाको मृत्यु भएको छ । आज बिहान पौने ५ बजेतिर लु २ ख ३८४१ नम्बरको बस रोहीणी गाउँपालिका ३ मा रहेको रोहीणी पुलबाट नदीमा खस्दा ९ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर, ९ जनाको मध्यम र २ जनाको सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।घाइतेहरूको भीम अस्पताल भैरहवा र मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।
Facebook Comments Box