काभ्रे,
प्रायः स्थानीय पालिकाका जनप्रतिनिधिहरु चुनावको माहोलमा व्यस्त भइरहँदा रोशीको जनप्रतिनिधि भने रोशी वासीको सेवामा नै व्यस्त रहेको देखिन्छ । आजै सम्पन्न भएको एकल हिंसा पिडित तथा अन्य महिलाहरुको २ महिने सीप विकास अन्तर्गत बुटिक सम्बन्धि तालिमको समुद्घाटन भइरहदा गाउँपालिको उपाध्यक्ष रोशीका महिलाहरुको आर्थिक उपार्जन गरी सीप विकास तर्फ उन्मुख गराउन व्यस्त देखिएकि छिन ।
कार्यक्रमको अवसरमा उपाध्यक्ष लक्ष्मी कुमारी उप्रेती वर्तौलाले रोशीका सबै महिलाहरुको रुचि, चाहना र आवश्यकतालाई मध्यनजर गरेर कार्यक्रम सञ्चालन गरेको बताएकि छिन । तालिम तालिमको लागि मात्र नभई महिलाहरुको आर्थिक हैसियतमा पहुँच पुर्याउने उदेश्य भएको हुँदा उपलब्धि मूलक ढंगले सञ्चालन गर्नको निम्ति आग्रह गरेकि छिन । त्यस्तै, गाउँपालिका अध्यक्ष डि.वि. लामा भने यति बेला गाउँपालिकाको प्रशासनिक भवनमै सेवा ग्राहीको सेवामा व्यस्त भइरहँदा पनि “रोशीको महिला हरेक क्षेत्रमा पहिला” भन्ने मूल नारालाई सार्थकता प्रदान सीप विकास तालिमको सफलताको शुभकामना व्यक्त गरेका छन ।
त्यसैगरी कार्यक्रमको आयोजक तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख प्रज्वला राईले जब सम्म महिलाहरुले आर्थिक उपार्जन गरेर सक्षम भएर देखाउन सकिदैन तव सम्म लैंंगिक हिंसा तथा महिलाहरुको अन्य समस्यामा कमी नहुने बताउदै पालिकाले आयोजना गरिएको कार्यक्रममा सक्रिय सहभागिता दिदै हरेक महिलालाई उद्यमी बन्न आग्रह गरेकि छिन । सहभागी कल्पना लामाले भने गाउँ गाउँमै रोशीले महिलाहरुको सीप विकासको निम्ति ल्याएको कार्यक्रमप्रति खुसी व्यक्त गर्दै कर्मचारी तथा जनप्रतिनिधिहरु प्रति आभार व्यक्त गरेकि छिन ।