काभ्रे,
काभ्रे जिल्लाको रोशी गाउँपालिकाको पिन्थलीबाट महाभारतको घर्तिछाप–गोकुले हुँदै हेटौँडा जोड्ने सडकका लागि प्रदेश सरकारबाट ५० करोड छुट्याउने निर्णय भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले अध्यक्ष जिम्बा र मन्त्री ढकालको उक्त मागलाई ध्यानमा राखी सो सडकको लागि ५० करोड बजेट छुट्याउने निर्णय भएको जानकारी दिए । गाउँपालिका अध्यक्ष जिम्बाका अनुसार पिन्थली–घर्तिछाप–गोकुले सडक मकवनपुरको बागमती गाउँपालिकाको केन्द्र जुरजुरेस्थित् धरान–चतरा (मदन भण्डारी) लोकमार्गमा जोडिने भएको छ । यसका लागि महाभारतका अध्यक्ष कान्छालाल जिम्बा ‘संसार’ र सो क्षेत्रका संसद समेत रहेका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले बजेटको लागि माग गरेका थिए ।
अध्यक्ष जिम्बाले सडक राम्रो बनपछि डाँडापारिबासी मात्रै नभई दोलाख, रामेछाप, सिन्धुपल्चोकका नागरिकसमेत लाभान्वित हुने बताएका छन । पछिल्लो समय अध्यक्ष जिम्बा काभ्रे र मकवनपुर जोड्ने बागमती खोलाको पक्की पुला छिटोभन्दा छिटो निमार्ण कार्य पुरा गर्न लागिपरेका छन् ।