काभ्रे,
रोशी गाउँपालिका महिला बालबालीका तथा जेष्ठ नागरिक शाखा एबम् तामाङ चिकित्सक समाजको आयोजनामा सञ्चालन भएको एक दिने बृहत नि शुल्क जेष्ठ नागरिक स्वास्थ शिविर सम्पन्न भएको छ । शिबिरमा साधारण स्वास्थ्य परिक्षण,हाडजोर्नी ,आँखा , मुटु , फोक्सो, स्त्रीरोग जाँच तथा भिडियो एक्स्रे सेवा प्रदान गरिइएको थियो । शिबिर बाट १५० जना जेष्ठ नागरिकहरु लाभान्वित भएका छन् । गाउँपालिकाका अध्यक्ष डि बि लामाको प्रमुख आथिथ्यतामा भएको सिविर मा उपाध्यक्ष लक्षमि उप्रेती बर्तौला, गाउँपालिकाका प्रबक्ता पदम लामा, वडा नम्बर ६ का वडा अध्यक्ष , ८ का वडा अध्यक्ष , तामाङ चिकित्सक समाज का अध्यक्ष , महिला बालबालिका शाखाकी प्रमुख प्रज्वला राई, वरिष्ठ हाडजोर्नी विषेशज्ञ डाक्टर चन्द्र शेखर, ९ नम्बर वडाका सचिब सुवास आले लगायत उपस्थित भएका थिए ।
सिविरमा मन्तब्य को क्रममा पालिकाका अध्यक्ष डि बि लामाले रोशिका नागरिकका आधारभुत आबस्यकता परिपुर्तिगर्ने सिलसिलामा गाउँपालिकाका जेष्ठ नागरिकहरुलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन । सेवाको उदेश्य ऐना जस्तै छर्लङ भएको बताउदै कोरोनाको माहामारिमा तामाङ डाक्टर संघले निभाएको भुमिका प्रती हर्दिक आभार व्यक्त गरेका छन । उनले मन्तव्यकै क्रममा जिननमा कति बाचियो त्यो महत्व छैन,बाचेको अवबधिमा के काम भयो त्यो महत्वपुर्ण हुने बताएका छन । त्यसैगरि, मन्तव्य कै क्रममा डाक्टर निराजन तामाङ ले तामाङ डाक्टर समाज नाम भए पनि आफुहरु सबै नेपालीहरुको डाक्टर भएको बताएका छन् । कोरोना माहामारी देखि हाल सम्म स्वास्थ्यको क्षेत्रमा सेवा प्रदान गर्न पाउँदा खुसी लागेको बताएका छन् ।