काभ्रे,
काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ११ मा फोर्स गाडी र टाटासुमो एकआपसमा ठोक्किएर दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको छ । काठमाडौँ बाट भारत तर्फ तीर्थयात्री लिएर जादै गरेको भारतीय नंवर प्लेटको यात्रुवाहक फोर्स गाडी र सिन्धुलीबाट काठमाडौँ तर्फ आइरहेको टाटासुमो एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका १९ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका ६ रामपुरका ३० बर्षका बिक्रम श्रेष्ठ, खाडादेवी गाउँपालिका ३ रामेछापकी सम्झना भुसाल, उनका ६ बर्षीय छोरा संगीत भुसाल, सुनकोशी गाउँपालिका १ सिन्धुलीका ४४ बर्षीया प्रमिला नेपाली, सुमोका चालक कमलामाई नगरपालिका ४ सिन्धुलीका हरिवहादुर बल रहेका छन् । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको डिएसपी हरि खतिवडाले जानकारि दिएका छन ।