रोशी
आज रोशी गाउँपालिकाको कार्यालय अमलटारमा गाउँपालिका अध्यक्ष डि.वि. लामाको अध्यक्षतामा ६७ औ कार्यपालिका वैठक सम्पन्न भएको छ ।वैठकमा रोशीको दशौ गाउँसभा आगामी मिति २०७८ फागुन २५ गते गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत राम बहादुर तामाङले जानकारी दिएका छन् ।
त्यसैगरी उपभोक्ता समिति मार्फत कार्यन्वयन हुने योजनाहरुको खन्ने कार्यका लागि भौगोलिक बनोटको आधारमा स्काभेटरको लागि प्रतिघण्टा १८ देखि २२ लिटरसम्म इन्धन कायम गर्ने र जे.सि.वि. को लागि प्रतिघण्टा ८ देखि १२ लिटरसम्म इन्धन कायम गर्ने निर्णय गरिएको छ । रोशी गाउँपालिकाको संचित कोषको आन्तरिक लेखापरीक्षण सम्बन्धि कार्यविधि २०७८ सर्वसहमतिबाट स्वीकृत गर्ने निर्णय गरियो । त्यसैगरी नवप्रर्वतन साझेदारी कोष कार्यन्वयन निर्देशिकाको दफा १६ (ज) बमोजिम ५ सदस्सीय कार्यन्वयन समिति गठन गर्ने निर्णय गरियो जसमा गाउँपालिका अध्यक्ष डि.वि. लामा संयोजक, वडा अध्यक्ष पदम बहादुर लामा सदस्य, वडा अध्यक्ष पोष्टराज गौतम सदस्य, वडा अध्यक्ष दुधराज तामाङ सदस्य, कार्यपालिका सदस्य प्रकृति बोहरा सहितको समित गठन गरिएको हो ।
त्यसैगरी यहि फागुन २९ गते विहिबार प्रत्येक वडाकार्यालयबाट मतदाता नामावली प्रकाशन गर्ने निर्णय गरियो । कोभिड १९ को कारण रोजगार