काभ्रे,
तामाङ समुदायको बिशेष पर्व सोनम ल्होछारको अवसरमा रोशी गाउँपालिकाले ३ दिन सार्बजनिक बिदा दिने निर्णय गरेको छ । गाउपालिकाले आज एक सुचना जारी गर्दै माघ १९ मा परेको सोनम ल्होछार पर्व मनाउन ल्होछार को एकदिन अघि र एकदिन पछि गरि १८ देखि २० गतेसम्म गाउँपालिका अन्तर्गतका सम्पुर्ण कार्यालयहरु, सैक्षिक सस्था , विभिन्न संङसस्थाहरु र पालिका भित्रका बैंक तथा बित्तिय संस्थाहरुलाइ सार्बजनिक बिद दिने जनाएको छ ।
यसैबिच,तेमाल गाउँपालिकाले पनि सोनम लोछार मनाउन ३ दिन सर्बजनिक बिदा दिएको छ । तेमाल गाउपालिकाले एक सुचना जारि गर्दै १८ देखि २० गतेसम्म सर्बजनिक बिदा दिने निर्णय गरिसकेको छ ।