काभ्रे,
रोशी गाउँपालीकाका र तेमाल गाउँपालीकाको दश वटा कृषि समुहलाई बोयर जातको बोका वितरण गरिएको छ । रोशी गाउँपालिकाको समन्वय एवं सामुदायिक वचत तथा ऋण सहकारी संस्था र किशान दुई कार्यक्रमको सहयोगमा रोशी गाउँपालिका वडा नं.९ मंगलटारमा आज एक कार्यक्रमका बिच रोशी र तेमाल गाउँपालीकाको कृषि समुहलाई बोयर जातको बोका वितरण गरिएको हो । बाखा्रको नश्ल सुधार तथा बाखा्रको पकेट क्षेत्र बिस्तार गर्ने उदेस्यले कृषि समुहहरुलाई बोयर जातको बोका वितरण गरिएको पशुसेवा शाखा प्रमुख रधुनी शाहले जानकारि दिएका छन ।
कार्यक्रममा रोशी र तेमाल गाउँपालीकाको १० वटा कृषि समुहलाई १० वटा बोयर जातको बोका वितरण गरिएको थियो । संस्थाका अध्यक्ष प्रकाश बन्जारा को अध्यक्षतामा भएको कार्यक्रममा रोशी गाउँपालीकाका अध्यक्ष डि वि लामा, संस्थाका संयोजक राजेन्द्र अधिकारि , दिपक मैनालि, बुद्धिजिवि, लगायत स्थानियवासिहरुको उपस्थिति रहेको थियो ।