काभ्रे,
काभ्रे जिल्ला अन्तर्गत रोशी गाउँपालिकामा १ दिने निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । आयुर्वेदिक औषधालयको आयोजनामा रोशी गाउँपालिका वडा नं १० मा १ दिने निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको हो । शिबिरबाट २०२ जना वडाका नागरिकहरु प्रत्यक्ष रुपमा लाभांन्वित भएका छन् । जिल्ला आयुर्वेदिक औषधालय काभ्रेका डाक्टर मनोज चौधरी र डाक्टर प्रतिज्ञा कोजुले स्वास्थ्य उपचारमा सहजीकरण गरेका थिए ।
रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा लामाले आम रोशी बासिको दिर्घायू र स्वस्थ जिबनयापनको निम्ति आयुर्वेदिक औषधिको माध्यम बाट प्रबर्द्धन र बिकास गर्नुपर्ने कुरामा जोड दिएका छन् । स्वास्थ्य शिबिरमा स्वास्थ्य चेकजाँच सङ्गै च्याबन प्राश तथा अन्य आबश्यक आयुर्वेदिक औषधि पनि बितरण गरिएको वडा कर्मचारी सुरेश योन्जनले बताएका छन् ।