काभ्रे,
काभ्रे जिल्ला रोशी गाउँपालिका वडा नं. ४ का एमाले कार्यकर्ताहरु नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । २०४९ को स्थानीय निकायको निर्वाचनमा निर्वाचित वडा अध्यक्ष जिन्लाप सिं लामा र एमाले वडा नं. ४ को उपाध्यक्ष अजय लामाको नेतृत्वमा ३४ जना एमाले कार्यकर्ताहरु एकीकृत समाजवादीमा प्रवेश गरेका हुन । आज (शुक्रबार) एकीकृत समाजवादीको जिल्ला पार्टी कार्यालयमा भएको ४ नं. वडा कमिटी गठन तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरु नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका हुन् ।
अजय लामाको अध्यक्षतामा ५१ सदस्यीय वडा कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा राजकुमार मगर, सचिवमा निर्मल लामा, उपसचिवमा विकास श्रेष्ठ रहेका छन् । नवप्रवेशीहरुलाई पार्टीको केन्द्रिय अनुशासन आयोगका अध्यक्ष शिवबहादुर देउजाले स्वागत गरेका थिए ।
सदस्यहरुमा संगम लामा, गौतम तामाङ, मानबहादुर मोक्तान, अमर लामा, दीर्घ लामा, जीतमान लामा, उत्तम बोम्जन, ज्ञानबहादुर लामा, विजय लामा, डिन्जित लामा, अर्जन लामा, विनोद लामा, जगतमान तामाङ, कविराज लामा, विपिन तामाङ, संजीव तामाङ, दिनेश विक लगायत रहेका छन् ।
कार्यक्रममा पार्टी पोलिटब्यूरो सदस्य कृष्णप्रसाद सापकोटा, केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष टोकबहादुर वाइबा, केन्द्रिय सदस्य मुकुन्द गौतम, पार्टी जिल्ला सचिव दीपक गौतम, जिल्ला सचिवालय सदस्य ज्ञानेन्द्र तामाङ, नवप्रवेशी कार्साङ लामा लगायतले मन्तव्य राखेका थिए ।