काभ्रे,
ललितपुरको फूलचोकीदेखि काभ्रेको पनौती नगरपालिका २ स्थित गुर्दुम डाँडासम्म साहसिक साइकल ट्रेल रेस सञ्चालनमा आएको छ । पनौती नगरपालिकाकोे ८ लाख रुपैयाँको लागतमा साइकल ट्रेल सञ्चालनमा आएको हो । २२ दिनमा ट्रयाक निर्माण सम्पन्न भएको पनौती नगरपालिका–२ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले जानकारी दिएका छन ।
७ किलोमिटर दुरी रहेको उक्त साइकल मार्गको शनिबार पनौती नगरपालिकाकी उप–प्रमुख गिता बञ्जाराले ट्रेलको उद्घाटन गरेकी हुन् । उद्घाटनपछि १ सय ७५ जनाले साइक्लिङ गरेका छन् । साइक्लिङ गर्नेहरूलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । मनोरञ्जनका दृष्टिले यो मार्ग एकदमै उपयुक्त रहेको साइक्लिङ गर्ने ब्यक्तिहरुले बताएका छन ।